चालक र सहचालकलाई पोशाक अनिवार्य

चालक र सहचालकलाई पोशाक अनिवार्य

महेन्द्रनगर : कञ्चनपुर जिल्लाबाट सञ्चालन हुने सवारी साधनमा सवारी चालक र परिचालकलाई पोशाक अनिवार्य गरिएको छ ।बुधबारदेखि कञ्चनपुरमा सञ्चालन हुने सवारी साधनका चालक र परिचालकलाई पोशाक अनिवार्य गरिएको हो।जिल्ला प्रशासन कार्यालयमा केहि दिनअघि बसेको यातायात संघसंस्थाको संयुक्त बैठकले पोशाक अनिवार्य लगाउने निर्णय गरेपछि बुधबारदेखि पोशाक लगाउन सुरु गरिएको हो। 

'यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न केही सहज होस् भन्ने उद्देश्य हो,महाकाली सेती बस व्यवसायी प्रालिका अध्यक्ष डम्बरराज पन्तले भने,'सवारी साधनमा चालक र परिचालकको पहिचान नहुँदा समेत यात्रुहरुले सास्ती खेप्नु परेको थियो, त्यसमा अब केही सुधार आउने छ।'

यातायात व्यवसायीले पोशाक लगाउन सुरु गरिएपछि त्यसबाट मजदुरको पहिचान हुनुका साथै सहज यात्राका लागि समेत यात्रुहरुलाई राम्रो हुने बताए।सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन प्रशासन कार्यालयमा बसेको संयुक्त बैठकको निर्णय अनुसार महेन्द्रनगर बसपार्क क्षेत्रमा व्यवस्थित पार्किङ्ग, हेल्प डेस्क स्थापना समेत गरिएको छ। 

'चालक र परिचालकले पोशाक लगाउन थालेपछि उनीहरु समेत जिम्मेवार हुन्छन्, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत शाहले भने, 'यसले यात्रु तानातान गर्ने र उनीहरुलाई दुःख दिने काममा समेत नियन्त्रण हुन्छ।' ट्राफिक प्रहरीलाई समेत पोशाक लगाइसकेपछि चेकजाँच लगायतको काम र व्यवस्थापनमा सहज हुने उनी बताउँछन्। 

महेन्द्रनगरमा सञ्चालन हुने अटो रिक्सादेखि ठूला सवारी साधनका सबै चालक र परिचालकलाई अनिवार्य रुपमा पोशाक गरिएको हो। छोटो तथा लामो जुनसुकै दूरीमा पनि चालक र परिचालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने छ। जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा पालन भए÷नभएको अनुगमन गरिने छ।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक कञ्चनपुर जिल्लामा चालक र परिचालकलाई पोशाक अनिवार्य गरिएको हो।कञ्चनपुर जिल्लामा सञ्चालनमा रहेका महाकाली यातायात, पवनदुत यातायात, नमस्ते यातायात लगायत अन्य सवारी साधन गरी सयौं सार्वजनिक सवारी साधनमा दिनहुँ गुड्ने गरेका छन्। सवारी साधनका चालक र परिचालकको पहिचान नहुँदा यात्रुहरुले समेत मर्का खेप्नु परिरहेको थियो। 

 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.