प्रदेशमा समायोजन गर्दा प्रहरीलाई बढुवा गर्न सकिदैन : गृह सचिव राई

प्रदेशमा समायोजन गर्दा प्रहरीलाई बढुवा गर्न सकिदैन : गृह सचिव राई

काठमाडौं : गृह सचिव प्रेमकुमार राईले प्रहरीलाई प्रदेशमा समायोजना गर्दा कुनै हालतमा एक तह बढुवा गर्न नसकिने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरीलाई संघ र प्रदेशमा समायोजना गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

यसअघि सांसदहरुले प्रहरीको मनोबल बढाउन प्रदेशमा समायोजन भएकालाई एक तह बढुवा गर्न माग गरेका थिए।तर गृह सचिव राईले भने बढुवा गर्न कुनै संभावना नहरहेको बताए। उनले प्रदेशमा जाने प्रहरीको प्रदेश प्रमुख संघअन्तर्गत रहने भएपनि प्रदेश सरकार मातहत रहने स्पष्ट पारे। समिति बैठकमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई प्रदेशमा समायोजन गर्न आफूहरु पूर्व तयारीमा रहेको बताए।

उनले भने,' हामीले प्रदेश प्रहरी कार्यालय भनेरै डीआइजीको नेतृत्वमा प्रदेश प्रहरी खटाएका छौं। तर सैद्धान्तिक व्यवस्था नहुँदा उनीहरुलाई अधिकार छैन।' महानिरीक्षक खनालले प्रदेशमा २6 हजार प्रहरी खटाइएको दावी गरे।

कानुन मन्त्रालयका सह-सचिव धनराज ज्ञवालीले प्रदेश प्रहरी र प्रदेशमा खटाइएका नेपाल प्रहरी फरक रहेको बताए। उनले भने,' अहिले प्रदेशमा खटाइएका नेपाल प्रहरी हुन्, प्रदेश प्रहरी प्रदेश सरकारअन्तर्गत संचालन हुन्छन्।

यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिले विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको हत्या घटनाको छानविन गर्न निर्देशन दिएकोप्रति गृहमन्त्रालयको ध्यानाकार्षण गराएको छ।यसअघि समितिले घटनाको छानविन गर्न निर्देशन दिएको थियो।

गृह सचिव राईले घटनास्थल पुगेको छानविन समितिले काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले भने,' आज साँझसम्म प्रतिवेदन समितिले हामीलाई बुझाउँछ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.