रसायन मिसाएको लिपिस्टिक बिक्री गरे ३ महिना कैद

रसायन मिसाएको लिपिस्टिक बिक्री गरे ३ महिना कैद

काठमाडौं : मापदण्ड विपरितको गुणस्तरहीन लिपिस्टिक बिक्री गर्न र आयात गर्न नपाइने भएको छ। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको गुणस्तर तथा नापतौल विभागले तयार पारेको लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनको मापदण्ड बुधबार नेपाल गुणस्तर परिषद्ले स्वीकृत गरेको हो। परिषद्को अध्यक्ष मात्रिका यादवको अध्यक्षतामा बसेको बैठकले उक्त मापदण्ड स्वीकृत गरेको हो।

विभागका महानिर्देशक विश्वबावु पुडासैनीकाअनुसार स्वीकृत मापदण्ड विपरित र मापदण्डभन्दा बढी परिमाणमा रसायन मिसाइएको गुणस्तरहीन लिपिस्टिक, स्किन क्रिम र स्किन लोसन बिक्री गरे व्यापारीलाई तीन महिनाको कैदसहित पाँच हजार जरिवाना गराउने व्यवस्था गरिएको हो।

महिलाले सौन्दर्य प्रशाधनको रुपमा प्रयोग गर्ने लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनमा लिड (सिसा), मर्करी (पारो) र क्याडमियम, क्रोमियम र आर्सेनिकको मात्रा अत्याधिक भेटिएपछि विभागले मापदण्ड तयार पारी स्वीकृत गराएको हो।

 
विभागले स्किन क्रिम र लोसनको ३४ र लिपिस्टिकको १९ वटा नमूना संकलन गरेको थियो। जसमध्ये स्किन क्रिम तथा लोसनतर्फ ३४ नमूनामध्ये तीनवटामा ७० पीपीएमसम्म लिडको मात्रा (अत्याधिक), तीन नमूनामा मर्करीको मात्रा १३ हजार नौं सय ५४ पीपीएम र पाँच नमूनामा क्रोमियमको मात्रा ५३ पीपीएम भेटिएको थियो।

यस्तै, १९ वटा लिपिस्टिकको नमूनामध्ये एक नमूनामा लिडको परिमाण ३५ पीपीएम, ६ नमूनामा क्याडमियमको मात्रा चार सय २९, पाँच नमूनामा मर्करीको मात्रा एक सय ९६ र सात नमूनामा क्रोमोयिमको मात्रा एक सय ५ पीपीएम भेटियो।

यस्तो क्रिम र लिपिस्टिकमा अत्याधिक परिमाणमा प्रयोग हुने रसायनका कारण छालालाई असर मात्रै होइन, मस्तिस्क, स्नायु प्रणाली, छालामा दाग आउने, मुटुरोग, कलेजो रोग, हाड क्षय, उच्च रक्तचाप, फोक्सो, मृगौला र कलेजो क्यानसरसम्म निम्त्याउने जोखिम हुन्छ।

विश्व स्वास्थ्य संगठनले मर्करीको मात्रा अधिकतम एक पीपीएम, आर्सेनिकको मात्रा तीन पीपीएम, लिडको मात्रा १० पीपीएम र क्याडमियमको मात्रा तीन पीपीएम तोकेको छ। 

यस्तो छ विभागको मापदण्ड

विभागकी केमिस्ट विज्ञ अम्बिका गैरेकाअनुसार स्वीकृत मापदण्डअनुसार स्किन क्रिममा लिडको मात्रा प्रति किलोमा अधिकतम १० पीपीवी, आर्सेनिकको मात्रा प्रति किलोमा ३.०, मर्करीको मात्रा प्रतिकिलोमा १.०, क्याडमियमको मात्रा प्रतिकिलोमा ३.० पीपीवी हुनुपर्ने तोकेको छ। 

यस्तै, स्किन लोसनको लागि लिडको मात्रा १०, आर्सेनिकको मात्रा ३.०, मर्करीको मात्रा १.० र क्याडमियमको मात्रा प्रतिकिलोमा ३.० पीपीवी तोकेको छ। त्यस्तै, लिपिस्टिकमा लिडको मात्रा १०, आर्सेनिकको मात्रा ३.०, मर्करीको मात्रा १.० र क्याडमियमको मात्रा प्रतिकिलोमा ३.० पीपीवी तोकेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.