ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

धादिङ : ज्वालामुखी गाउँपालिका वडा नं ४ सुनखानी काउले डाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। सदरमुकाम धादिङवेशीबाट सामान लिएर जाँदै गरेको बा २ ख ९७५० नम्बरको ट्रक बिहीबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए। 

डीएसपी खड्काका अनुसार ट्रकमा सवार कृष्ण रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा ट्रकका चालक दिवाकर ढकाल, ट्रकमा सवार विनु सुनार र उनकी २ वर्षकी छोरी कपिज सुनार सामान्य घाइते भएका छन्।
उकालो चढ्ने क्रममा ब्रेक फेल भएर ट्रक पल्टिएको चालकलाइ उदृत गर्दै प्रहरीले जनाएको छ। बर्खामास लागेसँगै धादिङको ग्रामीण सडकहरु स्वराज ट्रक र बोलेरो जीपको दुर्घटना बढ्न थालेको छ। बाटो अवस्था नाजुक भएपनि जबरजस्ती सवारी गुडाउने गर्नाले दुर्घटना बढ्न थालेको प्रहरीको भनाई छ। २ साताअघि धादिङको बेरैनीमा पनि यात्रु बोकेको निजि बोलेरो गाडी कच्ची सडकमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.