समायोजन पत्र नै गायब !

समायोजन पत्र नै गायब !

ललितपुर : सामान्य प्रशासन मन्त्रालयले पठाएको समायोजनपत्र लुकाइदिएपछि एक कर्मचारी बिलखबन्दमा परेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ लगनखेलका प्रशासन शाखाबाट समायोजनपछि ललितपुर महानगरपालिका पुगेका युवराज सैंजुको समायोजनपत्र गायब भएको हो।

सैंजु हाजिर हुन दैनिक महानगरपालिका धाइरहेका छन्। असार १ गतेदेखि। यसबीच मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याललाई जानकारी गराइसकेका छन्। ‘मेयरले बैठकपछि केही निर्णय होला भन्नुभयो’, सैंजुले भने, ‘तर उपमेयरले हाजिर गराउन कठिन पर्ने संकेत दिनुभयो।’ कर्मचारी समायोजन निल्नु न ओकल्नु बनेको सैंजुको अनुभवले बताउँछ। केही समय पहिले महिला विकास कार्यालयमा काम गर्ने सीता अधिकारी डाँको छोडेर महानगरपालिकाको कार्यालयमा रोइन्। समायोजनपछि उनको जागिर गयो। घरमा आम्दानीको स्रोत नभएकाले कसरी पेट पाल्ने भन्दै उनी रोएकी थिईन्। सैंजुले भने, ‘घरिघरि त जागिरै नखाउँ जस्तो लाग्छ।’

सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्र नआएको जानकारी ललितपुर महानगरपालिकाबाट सैंजुले पाएका छन्। मन्त्रालयले उनको पत्र कुरियरमार्फत पठाइसकेको र कुरियरवालासँग सम्पर्क गर्न सुझाव दिएको छ। सबैतिर पत्र नभेटिएपछि फेरि मन्त्रालय पुगेर आफैंले खोजेर पत्र फेला पारे। ‘एक कपी लिएर आएको छु’, सैंजुले भने, ‘व्यक्तिगत चिठी भने पाएको छैन।’

मन्त्रालयले कर्मचारीलाई आफ्नो पायक पर्ने ठाउँमा समायोजन माग्न सक्ने बताएको थियो। सैंजुका अनुसार दरबन्दी नभए पनि सुहाउने खालको पदमा हाजिर गराउन मन्त्रालयले आग्रह गरेको थियो। प्रत्येक वडामा सामान्य अन्तर्गतका ३ दरबन्दी रहेको पनि उनले बताए।

तर ललितपुर महानगरपालिकाले कुनै दरबन्दी खाली नभएको जानकारी दिएको छ। सैंजुको विषयमा बैठकमा छलफल गर्ने मेयर महर्जनले बताए। भएका कर्मचारीलाई प्रवद्र्धन गर्न चाहेका थिए। स्थानीय कर्मचारी प्रवद्र्धन गर्ने अभिप्रायले अनुभव र योग्यता पुगेकालाई एक ग्रेड थप्ने तथा सेवासुविधा वृद्धि गर्ने निर्णय गरेको थियो। तर मन्त्रालयले रद्द गरिदियो। यसैलाई आधार मानेर कुनै पनि स्थानीय तहलाई कर्मचारीको बढुवा नगर्न परिपत्र जारी गरेको मेयर महर्जनले बताए।

‘बोर्ड बैठकबाट पास गरेको तर सरकारले निर्णय अस्वीकार गरिदिएपछि सबै सदस्य रिसाएका छन्’, मेयर महर्जनले भने, ‘के कति कर्मचारी चाहिन्छ, नहेरी पठाएर हुन्छ।’ मन्त्रीले होमवर्क नगरी कर्मचारी पठाएको उनले आरोप लगाए। उनले भने, ‘हाजिर गराएको खण्डमा मन्त्री र केही व्यक्ति खुसी होलान्। नगराएको खण्डमा बाँकी साथी रिसाउने।’ उनले सैंजुको विषयमा छलफल गर्ने बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.