बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण तीव्र

बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण तीव्र

काठमाडौं : नुवाकोट र धादिङ जिल्लामा पर्ने बन्चरे डाँडामा बनिरहेको ल्यान्डफिल साइट निर्माणले गति लिएको छ। बिनाअवरोध धमाधम काम भए एक वर्षमा निर्माण सकिनेछ। समयमै काम सक्न तीव्र गतिमा काम भइरहेको निर्माण कम्पनी लुम्बिनी/कोसी एन्ड न्यौपाने ज्वाइन्ट भेन्चरले जनाएको छ।

फोहर व्यवस्थापनमा बारम्बार दोहोरिने समस्या छिट्टै अन्त्य हुने सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पद्यकुमार मैनालीले जानकारी दिए। कोल्पु खोलालाई बन्चरे डाँडा नघुमाइ सीधै बग्ने गरी डाइभर्ट गरेर साइट निर्माण सुरु गरिएको उनले बताए। डाँडाको बीचमा रहेको खाडलमा फोहोर व्यवस्थापन गरिने उनको भनाइ छ। यसबाट प्राकृतिक संरचनासमेत नबिग्रने उनले बताए।

बन्चरेडाँडा फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा २ किलोमिटर पर छ। सरकारले यसका लागि सार्वजनिक र निजी गरी १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ। फोहर फाल्ने क्षेत्र करिब ३५ हजार वर्गमिटरमा फैलिएको छ।

सरकारसँग सम्झौता गरेको ४ महिनामै सबै प्रक्रिया पुर्‍याएर काम भैरहेको ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक तुलबहादुर लामाले जानकारी दिए। जापानी प्रविधिबाट निर्माण हुने साइट वातावरणमैत्री समेत हुने उनको भनाइ छ। डाँडाको दुवैतर्फ उचाइ बराबरको रिटेनिङ स्ट्रक्चर बनाइनेछ। फोहोरबाट निस्कने दूषित पानी ट्रिटमेन्टसमेत गरिनेछ। दूषित पानी जमिनमुनि र खोलामा जान नदिने संरचना बनाइनेछ। ट्रिटमेन्टपछि पानीलाई पोखरीमा पठाइनेछ। दुई चरण गरेर साइट निर्माण हुने ठेकेदारका प्रतिनिधि निरञ्जन खनालले बताए। निर्माण सँगसँगै फोहोर पनि फाल्न मिल्ने गरी संरचना बनाउन थालिएको उनको भनाइ छ।

साइटमा एकतले दुई वटा पक्की भवन बन्नेछ। कार्यालय र पनि ग्यारेज बनाइने छ। सार्वजनिक शौचालय, जेनेरेटर हाउस, गार्ड बस्ने घरसमेत बनाइनेछ। निर्माण गर्न लागिएको साइटमा धादिङको धुनीबेंसी–१ का केही भाग र नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ र ३ का केही भूभाग पर्छ। धादिङको भूभागमा भौतिक संरचना बनाइनेछ।

साइटको जमिनमाथि मेम्बे्रन बिछ्याइनेछ। त्यसमा दूषित पानी संकलन गर्ने पाइप राखिनेछ। त्यसमाथि टेक्टाइलले छोपेर बालुवा राखिनेछ। बालुवामाथि ढुंगा बिछ्याइनेछ। ढुंगामाथि जियो टेक्टाइल राखिनेछ र त्यसमा फोहोर राखिनेछ। यसो गर्दा दूषित पानी प्रशोधन हुनेछ। प्रशोधित पानी पोखरीमा जम्मा हुनेछ।

सिसडोलमा ०६२ सालदेखि फोहोर व्यवस्थापन गरिँदै आएको छ। त्यस क्षेत्रमा २ वर्षमात्र फोहोर व्यवस्थापन गर्ने भने पनि अझै त्यहीं फालिँदै आएको छ। काठमाडौं उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहोर संकलन हुन्छ। काठमाडौं महानगरबाट दैनिक ५ सय मेट्रिक टन फोहोर निस्कन्छ। संकलित फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको महानगरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.