गर्भवतीको हेलिकप्टरबाट उद्दार

गर्भवतीको हेलिकप्टरबाट उद्दार

दुनै,डोल्पा : डोल्पाबाट एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। त्रिपूरा सुन्दरी नगरपालिका ९ लिकुकी २४ वर्षीया जयकुमारी बुढाको हेलीकप्टरबाट उद्धार गरिएको हो। बुधबार साँझ बच्चा उल्टो भएको र आमाको अवस्था निकै कम्जोर रहेकाले शल्यक्रियाको आवश्यकता परेपछि लिकु स्वास्थ्य चौकी इन्चार्ज मेघराज बरालले जिल्ला प्रशासनमा जानकारी गराएका थिए। 

स्वास्थ्यकर्मी मेघराज बराल र पूर्व शान्तिमन्त्री सत्या पहाडीको आग्रहमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले तत्काल हेलिकप्टरका लागि पहल गरेपनि बिहिबार बिहान बुढाको उद्धार गरिएको हो। 

जयाकुमारीलाई महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। 

अधिकांश लिकु प्रसूति गृहमा सुत्केरी हुने गरेपनि पछिल्लो दुई महिनामा जटिल समस्याका २ जनाको भने हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगेर शल्यक्रिया गरिएको छ। 

जिल्लामा शल्याक्रियासहितको अस्पताल नहुँदा डोल्पाका शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्ने महिलालाई सहरतिरै लैजानुपर्ने बाध्यता रहेको पूर्व शान्तीमन्त्री सत्या पहाडीले बताइन्। हालसम्म ७ जना महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा डोल्पाका महिलाले दु:ख पाउने गरेको प्रजिअ केशरीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.