कागज नपुगेको भन्दै ७ बालबालिका विमानस्थलमै रोकिए

कागज नपुगेको भन्दै ७ बालबालिका विमानस्थलमै रोकिए

डोल्पा : डोल्पाको काइके गाउँपालिकाका ७ बालबालिका प्रहरीले बिमानस्थलबाट फर्काएको छ। काठमाडौंको जोरपाटीमा संचालित छुतसाङ गुम्बामा पढाउनका लागि लैजाँदै गर्दा ७ बालबालिका कानुनी प्रक्रिया नपुगेको भन्दै प्रहरीले फिर्ता गरेको हो।

गुम्बाका लामा लोपसाङ फुन्चोक लामाले लैजादै गरेका बालबालिकालाई बिमानस्थलबाटै फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ। काइके गाउँपालिका ७  का २ जना ६ का ४ जना र मुड्केचुला ७ का एकजना गरी ७ बालबालिको उद्दार गरिएको हो । स्थानीय वडाले सिफारिस गरेपनि जिल्ला प्रशासन र शिक्षा समन्वयको अनुमतिबिना जिल्ला बाहिर ठूलो संख्यामा बालबालिका बाहिर लिन खोजेपछि बिमानस्थल सुरक्षा चौकीले रोकेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिए।

गुम्बाका लामा फुन्चोक तिब्बतीयन नागरिक हुन्। गलत नियत नरहेको र गरिबका बालबालिका लामा पढाउने व्यवस्था  रहेकाले काइकेबाट अभिभावकको सहमतिमा लिन लागेको लामाले बताए। काइके गाउँपालिका ६ र ७ का दलित बस्तीका ९ वर्ष देखि १३ वर्षसम्मका ७ जना बालबालिका छन्।

उता अभिभावक भने सहमति भएको, गरिबीले पढाउन नसक्ने र लामा पढाए सहज हुने अभिभावक राजेन्द्र कामीले बताए। विद्यालयमा सबै व्यवस्थापन  गरेपनि अभिभावकले बाहिर लिन्छु भनेपछि सिफारिस गर्न बाध्य भएको वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए।

बौद्धको जोरपाटीमा रहेको गुम्बा आधिकारिक के छ भन्ने बारे जानकारी सबै नभएसम्म जिल्लाबाट बाहिर बालबालिका जान नपाउने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.