तान्जानियामा ट्यांकर विस्फोट हुँदा ६० को मृत्यु, ७० घाइते
तान्जानिया : तान्जानियामा तेल बाेकेकाे ट्यांकर विस्फोट हुँदा कम्तिमा ६० जनाको ज्यान गएको छ । अरु ७० जना घाइते छन् ।
शनिबार राजधानी दार ए सलामनजिकै मोरोगोरो सहरमा विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । यस्तो घटनाको भिडियो समेत सामाजिक संजालमा सार्वजनिक भएको छ । घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिँदै छ । घटनाबारे पूर्ण विवरण आइनसकेकाे बताइएकाे छ ।