चिनियाँ स्टेशनमा नेपालकाे ‘मेची–महाकाली रेल’ !

चिनियाँ स्टेशनमा नेपालकाे ‘मेची–महाकाली रेल’ !

काठमाडौं : चीनसँग रेलमार्ग जोड्ने बहस चलिरहँदा नेपाल सरकारको एउटा विज्ञापनमाथि चौतर्फी टिप्पणी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको रेलको तस्बिरलाई सामाजिक सञ्जालमा ठट्टाको विषय बनाइएको छ । चिनियाँ रेलस्टेशनमा राखिएको रेलमा नेपाली अक्षरमा ‘मेची–महाकाली मेल’ लेखिएको देखिन्छ । जुन चिनियाँ रेलस्टेशन भएको सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणी छ ।

यतिसम्म कि, सामाजिक सञ्जालमा उक्त तस्बिरलाई भाइरल नै बनाइएको छ । शनिबार बिबिसी नेपालीले यसबारे समाचार नै बनाएको हो । मन्त्रालयले असावधानीपूर्वक रेलमोहलाई आफ्नो वेबसाइटमा देखाएको बिबिसीले जनाएको छ । साथै सरकारको यस्तो अपरिपक्व तरिका भएको पनि टिप्पणी भएको छ ।

सामाजिक सञ्जालमा भने उक्त स्टेशनको नाम चिनियाँ भाषामै लेखिएको बताइएको छ । यद्यपि मन्त्रालयले उक्त तस्बिर कहिले वेबसाइटमा पोस्ट गरेको भन्ने बारे प्रष्ट खुलेको छैन ।

रोचक त के भने, शनिबार दिनभर सामाजिक सञ्जालमा मन्त्रालयको यस्तो तरिकालाई ठट्टाको विषय बनाइँदा साँझ ६ बजेसम्म पनि आफ्नो गल्ती मन्त्रालयले सच्याएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.