देश विकासमा युवा अपरिहार्य : मन्त्री विश्वकर्मा

देश विकासमा युवा अपरिहार्य : मन्त्री विश्वकर्मा

काठमाडौं : युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले देश विकासमा युवाको परिचालन गर्नुपर्ने बताएका छन्। उनले सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न युवालाई जिम्मेवारी दिनुपर्ने बताए।  शनिबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले युवाहरूलाई स्वरोजगार बनाउन चुनौती भने रहेको बताए। यसका लागि सरकारले आवश्यक कदम चालिरहेको उनको भनाइ थियो। 

कांग्रेस युवा नेता प्रदीप पौडेलले खाडी मुलुकहरूको निर्माणमा नेपाली युवाहरूले पसिना बगाइरहेका युवालाई देश निर्माणमा लगाउनुपर्ने बताए। उनले राजनीतिले युवालाई आकर्षण गर्न नसकेको समेत बताए।

त्यस्तै कार्यक्रममा युवाहरूलाई रोजगारीको ग्यारेन्टी देखि शैक्षिक बेरोजगारको अन्त्य लगायतका माग राख्दै ११ बुँदे युवा घोषणा पत्र जारी गरिएको छ। आयोनका अध्यक्ष जगदीशकुमार ऐरले प्रस्तुत गरेको सो माग युवाहरूको भेलाले पारित गरेपछि युवा घोषणापत्रका रूपमा जारी भएको हो। सो घोषणापत्र युवा परिषद्मार्फत सरकारलाई बुझाइएको छ। घोषणापत्रमा युवासँग सम्बन्धित नीति नियमलाई प्रभावकारी बनाइनुपर्ने, सबैका लागि गुणस्तरीय र सीपमूलक शिक्षा दिइनुपर्ने, योजना तर्जुमा प्रक्रियाबाटै युवाको सहभागिता सुनिश्चित गरिनुपर्नेलगायत उल्लेख गरिएको छ। 

कार्यक्रममा मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले, राष्ट्रि युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललगायत विभिन्न युवासँग सम्बन्धित संघसंस्थाका प्रतितनिधि सहभागि थिए। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.