कश्मीरमा आन्दाेलन, चीनकाे आँधीदेखि उत्तर काेरियाकाे क्षेप्यास्त्रसम्म

कश्मीरमा आन्दाेलन, चीनकाे आँधीदेखि उत्तर काेरियाकाे क्षेप्यास्त्रसम्म

तान्जानियामा तेल ट्यांकर विस्फोट हुँदा ६० को मृत्यु, सयौं घाइते

तान्जानिया : तान्जानियामा तेल ट्यांकर विस्फोट हुँदा कम्तिमा ६० जनाको ज्यान गएको छ । अरु सयौं घाइते छन् । शनिबार राजधानी दार ए सलामनजिकै मोरोगोरो सहरमा विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । यस्तो घटनाको भिडियो समेत सामाजिक संजालमा सार्वजनिक भएको छ । घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिँदै छ ।

कफ्र्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन : ‘वी वान्ट फ्रिडम’

श्रीनगर : कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो ।

आज शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले अश्रूग्यास प्रहार गरिरहेको छ । बिबिसीले सार्वजनिक गरेको भिडियोमा हजारौं मानिस सडकमा देखिन्छन् । उनीहरु भारतविरुद्ध नारावाजी गरिरहेका देखिन्छन् । ‘गो इन्डिया गो ब्याक’, ‘वी वान्ट फ्रिडम’ जस्ता नारावाजी उनीहरुले लगाइरहेका छन् । भारत सरकारले कश्मीरको विशेषाधिकार खारेज गरिदिएपछि नै यहाँ आन्दोलन हुँदैआएको बताइएको छ ।

इजरायली सेनाको आक्रमणबाट चार प्यालेस्टायनीको ज्यान गयो

इजरायल : इजरायली सेनाको आक्रमणबाट चारजना प्यालेस्टाइनी नागरिक मारिएका छन् । गाजा र इजरायलको सीमा क्षेत्रमा शनिबार बिहान उनीहरुको ज्यान गएको हो ।

इजरायली सेनाले भने उनीहरुमध्ये एकजना इजरायली क्षेत्रभित्र छिर्न खोजिरहेको बताएको छ । इजरायली सीमामा पस्न खोज्दा फयरिङ खोलेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हमासबाट शासित गाजा र इजरायलबीच एक दशकमै तीनवटा युद्ध भइसकेका छन् ।

चीनमा आँधीबाट १८ को मृत्यु, १४ बेपत्ता

बेइजिङ : पूर्वी चीनको झेजियाङ प्रान्तमा भिषण समुद्री आँधीका कारण १८ जनाको मृत्यु भएको छ । अरु १४ जना हराइरहेका छन् । चिनियाँ मिडिया सिसिटिभीका अनुसार आँधीले हजारौं रुख ढलाउनुका साथै लाखौं मानिस विस्थापित भएका छन् । आँधीसँगै झेजियाङ क्षेत्रमा बाढी, पहिरो समेत गएको छ ।

यमनमा सैनिक क्याम्प पृथकतावादी समूहको कब्जामा

यमन : दक्षिणी यमनको अडेन क्षेत्रमा रहेका सबै सैनिक क्याम्पलाई यहाँका पृथकतावादी समूहले कब्जामा लिएका छन् । अधिकारीका अनुसार सरकारसँग लडाइँ गरिरहेका पृथकतावादी समूहले चौँथो दिन शनिबार सैनिक क्याम्प कब्जामा लिएका हुन् ।

भारतमा बाढीका कारण १ सयको मृत्यु

नयाँदिल्ली : भारतको केरलामा बाढीका कारण १ सय जनाको मृत्यु भएको छ । सयौं मानिस विस्थापित भएका छन् । सेना तथा प्रहरीको टोली अहिले उद्धारका लागि अहिले यस क्षेत्रमा खटिएको छ । भारतका विभिन्न राज्यमा पछिल्लो केही दिनयता बाढीले जनजीवन प्रभावित पारेको छ । विभिन्न राज्यमा तीन लाख भन्दा धेरै मानिस विस्थापित भएको बताइएको छ ।

उत्तर कोरियाको फेरि क्षेप्यास्त्र प्रक्षेपण

सोल : उत्तर कोरियाले फेरि दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छोटो दूरीका यी क्षेप्यास्त्र उत्तर कोरियाले एक महिनाको अवधिमै गरेको पाँचौं पटकको प्रक्षेपण हो । यही विषयलाई लिएर अमेरिकासँग विवाद भइरहँदा उत्तर कोरियाले पटक पटक क्षेप्यास्त्र प्रक्षेपण गर्दैआएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.