ब्राउन सुगरसहित सेनाका मेजर पक्राउ

ब्राउन सुगरसहित सेनाका मेजर पक्राउ

इटहरी : ब्राउन सुगरसहित नेपाली सेनाका मेजर अजित प्रताप सिंह पक्राउ परेका छन्। उनलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी छेउबाट इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो।

पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसमेत बरामद भएको छ। उनीबाहेक थप दुईजना पक्राउ परेपनि उनीहरुको संलग्नताबारे छानबिन भइरहेको प्रहरीले बताएको छ। सिंह भने लामो समयदेखि कारोबारमा संलग्न रहेको बताइएको छ। 

सिंह नेपाली सेनाका अधिकारी भएपनि प्रहरीले भने उक्त विषय खुलाएको छैन। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले भने, ‘लागु औषधसहित सिंहलाई पक्राउ गरिएको हो, उनको अरु संलग्नता अहिले नभनौं।’.

पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.