तेस्रो म्युजिक अवार्डको फारम खुल्यो
काठमाडौं : ‘नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान’ नारासहित आयोजना हुने म्युजिक अवार्ड २०७६ को फारम खुलेको छ। सांगीतिक स्रष्टालाई सम्मान र प्रोत्साहनका लागि तेस्रो ओएसनेपाल म्युजिक अवार्ड २०७६ को फारम खुलेको हो। अर्वाडमा ५८ वटा विधा रहनेछन्।
जसमा सहभागी हुन् देशविदेशबाट सहजै फारम भर्न सकिने छ। फारम भर्न ९८४९२८११८८ नम्बरमा सम्पर्क गरेर वा ओएस नेपालको कार्यालयमा भर्न सकिने छ।
अवार्डमा भागलिँदा २०७५ जेठ २१ गतेदेखि २०७६ साउन २५ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्ने छ। अवार्डमा सम्बन्धितको अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ। तामाङ् र सुनुवार भाषाका गीत २०७४ जेठ १ गतेदेखि २०७६ साउन २५ गतेभित्र बजारमा आएका गीत, संगीत र भिडियो हुनुपर्ने छ।
गायक र गायिकाको हकमा म्युजिक भिडियो नआए पनि अडियोको हकमा सहभागी हुन सक्ने छन्। म्युजिक अवार्डको प्रायोजन हिमालयन फाउण्डेसन क्रप, न्यूयोर्क क्यालिफोनिर्या अमेरिका, गोल्डेन स्टेट मुभी मेकर, क्यालिफोनिर्या अमेरिकाले प्रायोजन गरेका छन्।