एक्काइसौं शताब्दीका नोबेल अर्थशास्त्री

एक्काइसौं शताब्दीका नोबेल अर्थशास्त्री

सन् २०१९ को अर्थशास्त्र नोबेल पुरस्कार तीनजना अर्थशास्त्री अभिजित बनर्जी, इस्टर डुप्लो र माइकल क्रेमरलाई संयुक्त रूपमा बराबर पुरस्कार रकम पाउने गरी दिने निर्णय सार्वजनिक भएको छ। उनीहरूले गरिबी न्यूनीकरण र दिगो विकासलाई लिएर गरेको अध्ययनका लागि यो पुरस्कार दिइएको घोषणा नोवल कमिटीले सार्वजनिक गरेको छ। 

बनर्जी सन् १९६१ मा मुम्बईमा, डुफ्लो १९७२ मा पेरिसमा र क्रेमर १९६४ जन्मिएका अर्थशास्त्री हुन्। अर्थशास्त्रका क्षेत्रमा काम गर्ने र अर्थशास्त्र विषयको अध्ययन-अध्यापनमा रुचि राख्नेहरूका लागि यो समाचार सार्वजनिक प्रसन्नताको विषय पनि भएको छ। नोबल पुरस्कारजस्तो विश्वकै उत्कृष्ट एवं गरिमामय पुरस्कारका लागि छानिएका अर्थशास्त्रीहरूले के काम गरेवापत यो पुरस्कार पाउन योग्य ठहरिए भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो।

सन् २०१८ मा यो पुरस्कार एल विश्वविद्यालयका प्राध्यापक नोर्धुअस र न्युयोर्क विश्वविद्यालयका प्राध्यापक रोमरले पाएका थिए। नोर्धुअसले कार्बन उत्सर्जनमा करको व्याख्या गरेर वातावरण परिवर्तनको अवस्थालाई अगाडि ल्याइदिएवापत र रोमरले सरकारी नीति प्राविधिक परिवर्तनको कारणले कसरी बदलिन्छ भनी देखाइदिएवापत पुरस्कार पाएका थिए। ९० को दशकमा कार्बन उत्सर्जन न्यून गर्न सरकारी प्रविधिमा आएको परिवर्तनले कति मद्दत गर्‍यो भन्ने दृष्टान्त प्रस्तुत गरेवापत उनीहरू पुरस्कृत भएका थिए।

 यस वर्ष भने नोबल कमिटीले विशेष गरेर वैज्ञानिक प्रमाणका आधारमा गरिबी न्यूनीकरण सम्भव हुने र त्यसका लागि गरिबीका सामाजिक अवस्था एवं उपकरणको उपलब्धताबारेको अध्ययनलाई लिएर यो पुरस्कार दिइएको बताएको छ। नोबल कमिटीले विशेष गरेर हार्वड विश्वविद्यालयका पीएचडी एवं विकासशील समाजका प्राध्यापक डा. क्रेमरले सन् १९९० को दशकको मध्यतिर केन्याका स्कुले विद्यार्थीका सम्बन्धमा गरेको अध्ययनदेखि डा. डुफ्लो र डा. बनर्जीले शिक्षण सामग्री उपलब्धता र कम कुशल शिक्षकको कारणले तुलनात्मक रूपमा भारतीय विद्यार्थीहरूको शैक्षिक उत्कृष्टतामा आएको समस्यालाई लिएर गरेको अध्ययनको विषयलाई नोबेल पुरस्कार दिन योग्य ठहर्‍याएको उल्लेख गरेको छ।

 यसबाहेक पनि डा. डुफ्लो र डा. क्रेमरले यसअघि गरेका फिल्ड एक्सपेरिमेन्ट, आर्थिक जिज्ञासा, विश्लेषण र निचोडहरू अर्थशास्त्रीहरूका लागि अध्ययनको टिप्स बन्ने गरेको विषयलाई पनि नोबेल कमिटीले पुरस्कार पाउनुको कारण र आधारका रूपमा औंल्याएको छ। केन्यामा गरेको अध्ययनमा क्रेमरले पनि अतिरिक्त पाठ्य सामग्रीले विद्यार्थीको क्षमता वृद्धि बढाउँछ भन्नुभन्दा अतिरिक्त ज्ञान पाठ्यपुस्तकको अभावमा कुण्ठित हुँदैन भन्ने देखाएका छन्। 

अर्थशास्त्रका सैद्धान्तिक विषयको खोज र अध्ययनमा बढी महत्व दिँदै आएको नोबल कमिटीले सन् २०१९ को पुरस्कार घोषणा गर्दा भने पुरस्कृत विद्वान्हरूले गरेको अध्ययनले तत्काल विश्व परिवेशमाा पारेको व्यावहारिक प्रभावलाई पनि हेर्न सकेको देखिएको छ।

यस्तै बनर्जी र डुफ्लोको संयुक्त अध्ययनपछि प्रकाशित भएका निचोडले पनि गफगाफले बढाएको ज्ञान र सूचना प्रवाहकै कारणले भ्याक्सिनेसन दरमा देखिएको वृद्धि र प्रहरीको कार्यक्षमताले मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरूमा आएको चेतना वृद्धिजस्ता विषयलाई शैक्षिक जागरणको कारणका रूपमा स्थापित गरेको छ। बनर्जी दम्पतीका प्रकाशित पुस्तक ‘पुवर इकोनामिक्स’ र नोभेम्बरमा प्रकाशित हुने उनीहरूकै ‘गुड इकोनोमिक्स फर हार्ड टाइम्स’ ले अभाव र पर्याप्त आपूर्तिका बेलामा समाजले पाउने फललाई व्याख्या गर्न सक्छ भन्ने चित्रण पनि गरेको छ। 

बनर्जी, डुफ्लो र क्रेमरले दुई दशकभित्र गरेको प्रयोगपरक अध्ययन विधि र अध्ययनको निचोडले विकासशील अर्थतन्त्रको गतिमा परिवर्तन ल्याउन सकेको विषयलाई नोबेल कमिटीले विशेष महत्वको ठानेकै कारणले अध्ययनकर्ताहरू पुरस्कार पाउन योग्य भएका हुन् भन्ने टीप्पणी पनि सार्वजनिक गरेको छ। ५० लाखभन्दा बढी भारतीय विद्यार्थीहरू शिक्षकहरूकै कारणले कति लाभान्वित र कति वञ्चित भएका छन् भन्दै विद्यार्थीले हासिल गरेको ज्ञानबाट स्वतस्फूर्त र स्वस्थ उपचारमा कति सरकारी लगानीको बचत भएको छ भन्ने कुरालाई विशेष महत्व दिइएको छ। 

अर्थशास्त्रका सैद्धान्तिक विषयको खोज र अध्ययनमा बढी महत्व दिँदै आएको नोबल कमिटीले सन् २०१९ को पुरस्कार घोषणा गर्दा भने पुरस्कृत विद्वान्हरूले गरेको अध्ययनले तत्काल विश्व परिवेशमाा पारेको व्यावहारिक प्रभावलाई पनि हेर्न सकेको देखिएको छ। यस वर्ष नोबल पुरस्कार प्राप्त गर्नेहरूको विषयलाई लिएर पुरस्कार घोषणा गर्ने संस्था स्वेडिस एकेडेमी अफ साइन्सेजले विद्वान्हरूको अध्ययनको निचोडले विश्वको गरिबीसँग लड्न नयाँ र व्यावहारिक ज्ञान प्राप्त भएको ठोकुवा गरेको छ।

यस वर्षको पुरस्कार घोषणाको विषयलाई लिएर गरिएका टिप्पणीहरूले पनि यसलाई पुष्टि गरेका छन्। बनर्जी, डुफ्लो र क्रेमरलाई नोबेल कमिटीले पुरस्कृत गरेकोमा सन् २०१७ का पुरस्कार विजेता रिचार्ड थेलरले ढिलोचाँडो यो पुस्कार उनीहरूलाई दिनु नै पर्ने बताएका छन्। हार्वर्ड इकोनोमिस्ट लरेन्स काजले यसपटकको पुरस्कार एक्काइसौं शताब्दीको पहिलो पुरस्कार भएको दाबी गर्दै भनेका छन्- २० शताब्दीको विषयलाई लिएर धेरै पुरस्कार दिइसकिएको छ। 

यस वर्षको पुरस्कार घोषणाकै विषयलाई लिएर एमआईटीका अर्थशास्त्री बेन्जामिल ओल्केनले २० वर्ष अघिसम्मको समष्टिगत आर्थिक समस्याका प्रश्नहरूलाई यस वर्षको पुरस्कार घोषणाले समस्यालाई ससाना टुक्रामा केलाएर वैज्ञानिक र क्लिनिकल अध्ययन गर्न सकेको भनी समीक्षा गरेका छन्। साथै, उनले विकास अर्थशास्त्रीका रूपमा गरिबीलाई ‘रिसेप’ गर्न सकेको भनी बनर्जी, डुफ्लो र क्रेमरलाई बधाई पनि दिएका छन्। सन् २००३ मा विवाह बन्धनमा बाँधिएका बनर्जी र डुफ्लोले जे-पालबाट चिनिने अब्दुल लतिफ जमिल पोभर्टी एक्सनका माध्यमबाट विश्व गरिबी नेटवर्क रिसर्च गर्न सकेको र त्यो रिसर्चको मजबुनलाई सरकारी र गैरसरकारी संस्थाहरूले आत्मसात गरेर विश्वको गरिवी न्यूनीकरणमा प्रभावकारी हस्तक्षेप गर्न सकेको विषयलाई पनि पुरस्कार घोषणाको आधार बनाएको जनाएको छ। 

आफूलाई गरिबी न्यूनीकरण विषयमा नोबेल पुरस्कारले सम्मानित गरेको विषयलाई डुफ्लोले सैयौं गरिबी न्यूनीकरणसम्बन्धी अध्ययनको सम्मान भएको प्रतिक्रिया दिएकी छन्। उनले गरिबी न्यूनीकरणको प्रयास सार्थक भएको र पुरस्कारले यो विषय व्यापक बन्न गएको टिप्पणी पनि गरेकी छन्।

सन् १९६८ मा रोयल स्वेडिस इकोनोमी अफ साइन्सेजले अल्फ्रेड नोबेलका नाममा स्थापना गरेको अर्थशास्त्र विषयको नोबेल पुरस्कार १९७१ मा सर्वप्रथम साइमन कुज्नेटले प्राप्त गरेका थिए। सन् २०१९ सम्ममा ५१ पटक पुरस्कार घोषणा गर्दा ८४ जनाले यो पुरस्कार प्राप्त गरिसकेका छन्। स्वेडिस केन्द्रीय बैंकले दिने यो पुरस्कारको राशि ९ मिलियन स्वेडिस क्रोनर (९ लाख १५ हजार ३०० यूएस डलर) छ। यस वर्षको पुरस्कार तीनैजना अर्थशास्त्रीहरूले बराबर पाउने पनि समितिले स्पष्ट गरिदिएको छ। यस वर्ष पुरस्कार पाउनेहरूमध्येकी डुफ्लो सबैभन्दा कान्छो उमेर (४६) मा पुरस्कार पाउने भएकी छन् भने दोस्रो महिला बन्न पुगेकी छन्। यसअघि सन् २००९ मा इलिनोर ओस्ट्रमले यो पुरस्कार पाइसकेकी छन्।

वर्तमान विश्वको अहम् माग गरिबी न्यूनीकरण गर्नु नै हो। यो क्षेत्र विश्वकै चासोको विषय पनि हो। नोबेल पुरस्कार नामबाटै पनि विशिष्ट पुरस्कार भएकाले यस्तो गरिमामय पुरस्कारबाट पुरस्कृत हुनेहरू धन्यवादका पात्र भएका छन्। यतिखेर धनी र गरिबका बीच खाडल बढ्दै गएको छ। विश्वमा अर्थशास्त्र विषयका मुद्दाहरू पनि संवेदनशील बन्दै गएका छन्। पुरस्कारको घोषणा र प्राप्तिलाई मुद्दासँग जोड्ने विषय अझ महत्वको बनेको छ। आगामी वर्षहरूमा यसतर्फ नोबल कमिटीको ध्यान जानु आवश्यक देखिन्छ। [email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.