ट्रकको ठक्‍करबाट ट्याक्टर चालकको मृत्यु

ट्रकको ठक्‍करबाट ट्याक्टर चालकको मृत्यु

सुर्खेत : वीरेन्द्रनगरको जुम्लारोड पिपिराचोक नजिकै शुक्रबार बिहान ट्रकले ठक्‍कर दिँदा ट्याक्टर चालकको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक प्रेम कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सुब्बाकुनाबाट मंगलगडी चोकतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको लु १ ख ७६७० नम्बरको ट्रकले ठक्‍कर दिएको थियो । ट्रकले ठक्‍कर दिएपछि ३४ वर्षीय प्रेम कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीकानुसार मृतक चालक जाजरकोट जुनीचाँदे गाउँपालिका ७ का स्थायीवासी हुन् । ट्याक्टर चालक कार्की आफैले चलाएको ट्याक्टरको ट्रलीले च्यापिएका थिए ।

केही दिनअघि टिपरको ठक्‍करबाट कालिकोटका एक युवकको मृत्यु भएपछि तनावग्रस्त वीरेन्द्रनगर शान्त भएलगत्तै फेरी अर्को सवारी दुर्घटना भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.