हिंसाले निम्त्याउँदै पारिवारिक द्वन्द्व

हिंसाले निम्त्याउँदै पारिवारिक द्वन्द्व

सुर्खेत : बढ्दो गरेका घरेलु हिंसाका कारण पारिवारिक द्वन्द्व बढेको छ। घरेलु हिंसाकै कारण अधिकांश जोडी पारपाचुके गर्ने अवस्थामा पुगेका छन्। सँगै बस्ने वाचा गरे पछि एक अर्काप्रति विश्वास घट्दै जाँदा समाधानको रूपमा सम्बन्ध-विच्छेदलाई रोज्न थालेका छन्।

घरेलु हिंसा भन्ने बित्तिकै महिलामाथि मात्र हुने हिंसाका रूपमा चित्रण गरिएको हाम्रो समाजमा पुरुषमाथि पनि घरेलु हिंसाका घटना बढ्न थालेका छन्। केही समयअघि सम्म महिला मात्र सम्बन्ध विच्छेदका लागि अदालतसम्म जाने कर्णालीमा पुरुष पनि आफूमाथि हिंसा भएको भन्दै अदालत पुग्न थालेका छन्। नयाँ मुलुकी संहिलो पुरुषलाई पनि सम्बन्ध-विच्छेदका लागि अदालतको ढोका खोलेपछि आफूमाथिको हिंसाबारे खुलेर बोल्न थालेको जिल्ला अदालत सुर्खेतले जनाएको छ।

तथ्यांक अनुसार गतवर्ष सम्बन्ध विच्छेदका लागि एक सय ४९ मुद्दा दताए भएका थिए। तर यो वर्ष करिब दोब्बर बढेको देखिएको छ। चालू वर्षको हालसम्म दुई सय २१ सम्बन्ध-विच्छेदका मुद्दा दर्ता भएका छन्। संहिला लागू भएको केही समयमात्रै भए पनि सम्बन्ध तोड्न अदालतसम्म पुग्ने पुरुषको संख्या बढ्दो क्रममा छ। ५९ वटा मुद्दा पुरुषले दर्ता गराएका छन्। यीमध्ये अधिकांश पुरुषले आफूमाथि पत्नीले घरेलु हिंसा गरेको आरोप लगाएका छन्।

पति-पत्नीको पारपाचुकेपछि बालबालिकाको भने विचल्ली हुने गरेको छ। बा-आमा छुट्टिएपछि केही मामाघरमा त केही बुवातिरका बाजे बज्यैसँग बस्न बाध्य छन्। पुरुषले दिएका मुद्दामा पत्नी सम्पर्कमा नआएको, विदेशबाट पठाएको रकम अपचलन गरेको, रकमसहित अर्कैसँग हिँडेको र अवैध सम्बन्ध राखेको जस्ता आरोप छन्। महिलाका मुद्दामा भने घर-समाजका अगाडि कुटपिट गरेको, अर्की पत्नी ल्याएको, खान लाउन नदिएको जस्ता आरोप छन्।

अदालतमा परेको निवेदन र त्यहाँ उल्लेख गरिने आरोप अनुसार पछिल्लो समय पुरुषमाथि पनि हिंसा बढ्दै गएको देखिन्छ। पत्नीले हिंसा गरेको भनेर बाहिर भन्दा समाजमा बहिस्कृत हुने त्रास मान्ने पुरुष पनि अदालतमै पुगेर आफूमाथि विभिन्न प्रकारले हिंसा भएको बोल्न थालेको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार भुपाल भण्डारीले बताए। स्रेस्तेदार भण्डारीले अदालतमा आउने पुरुषहरूले आर्थिक र मानसिक हिंसा गर्ने गरेको आरोप लगाउने गरेका छन्। ‘कमाइभन्दा अधिक खर्छ गर्ने, नदिएको खण्डमा पारिवारिक कलह सिर्जना गर्ने र आफ्नो कमाइ एक्लै सदुपयोग जस्ता आरोप छन्’, भण्डारीले भने।

उनकाअनुसार चालुू आर्थिक वर्षको ६ महिना यतामात्रै अदालतमा दर्ता भएका ३४ घरेलु हिंसाका मुद्दामध्ये ९ वटा पुरुष हिंसाका मुद्दा छन्। ‘आर्थिक क्षेत्रमा महिलाको पहुँच बढेसँगै उनीहरू बाहिरै व्यस्त हुने र घरमा बस्ने पुरुषहरू हिंसामा परेको महसुस गर्न थालेका छन्,’ भण्डारीले भने, ‘समय नदिने, अनावश्यक रोकटोक गर्ने र महिलाले कमाएको सम्पत्ति पुरुषलाई नदिने गरेको जस्ता गुनासो पनि लिएर आएका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.