रानीपोखरीलाई मेलम्चीको भर

रानीपोखरीलाई मेलम्चीको भर

काठमाडौं : रानीपोखरी पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै पोखरीमा पानी भर्ने चुनौती थपिएको छ। प्राधिकरणका अनुसार पोखरी भर्न ३ करोड ४२ लाख लिटर पानी आवश्यक पर्ने प्राधिकरणले आकलन गरेको छ।

पानी आपूर्ति पूरा गर्न पोखरीकै दुई कुनामा डिप बोरिङ गरिने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धर बताउँछन्। ‘पोखरीको उत्तर र दक्षिण कुनामा तीन सय मिटर गहिराइको बोरिङ खनिनेछ,’ उनले भने, ‘उत्तरपट्टिको कुनामा बोरिङ खन्ने काम सुरु भइसक्यो।’ पोखरीमा पानी अभाव हुन नदिन आकाशे पानी संकलन गर्ने छुट्टै ट्यांकी राखिने मानन्धरले बताए।

रानीपोखरीमा आउने पानीको मुहान नष्ट भइसकेको छ। पोखरीको चार कुनामा रहेको ढुंगेधारा सडक विस्तार र कंक्रिटको भवनमुनि दबिएको छ। यस्तो अवस्थामा रानीपोखरीलाई सदावहार बनाउन टुँडिखेलभित्रबाट समेत पानी आपूर्ति गरिने भएको छ।

असन र इन्द्रचोकमा पानी आपूर्तिका लागि खनिएको एउटा इनार टुँडिखेलमा छ। भूकम्प अघिसम्म यही इनारको पानी बस्तीसम्म पुर्‍याइन्थ्यो। पाँच वर्ष भयो उक्त इनार प्रयोगविहीन छ। अब सोही इनारको पानी रानीपोखरीमा सारिनेछ। तर, यी सबै विकल्प रानीपोखरीलाई भर्न पर्याप्त छैन।

पानी आपूर्तिका लागि रानीपोखरीले पनि मेलम्चीकै भर पर्नुपर्ने छ। असार मसान्तसम्म काठमाडौं भित्रिने भनिएको मेलम्ची खानेपानी आयोजना वर्षौंदेखि अलमलमा छ। तर, प्राधिकरणले रानीपोखरीमा एक लाइन मेलम्चीको पानी जोडेर पानीको आपूर्ति पूरा गर्ने बताएको छ।

पोखरीमा पानी सुक्न नदिन पोखरीकै छेउमा नमुना पोखरी बनाइएको छ। परीक्षण सफल भएपछि मात्र पोखरीमा पानी हालिनेछ। रानीपोखरीमा जम्मा हुने फोहोर पानीलाई निकास दिने ठाउँ भने खोजिएको छैन।

दैनिक ८० कामदारमार्फत रानीपोखरी पुनर्निर्माण भइरहेको छ। माघ अन्त्यसम्म ६० प्रतिशत काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। पोखरीको सतहमा इँटा र कालोमाटो छाप्ने काम तीव्र छ। मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिर प्रतापमल्लकालीन ग्रन्थकुट शैलीमा जीर्णोद्धार गरिँदै छ। अन्त्यमा पोखरीलाई थप सुन्दर बनाउन रंगरोगन र बगौंचा बन्नेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.