चीनमा अनलाइन शिक्षा शुरु

चीनमा अनलाइन शिक्षा शुरु

पइचिङ : चीनले सोमबारदेखि प्राथमिक र माध्यमिक विद्यालयको अनलाइन शिक्षा आरम्भ गरेको छ । कोरोना भाइरस (कोभिड २०१९) ले आक्रान्त भएकाले चीनले अनलाइनमार्फत शिक्षा चलाउन थालेको हो ।

कोभिडबाट जनतालाई सुरक्षित राख्न चीनले विभिन्न उपाय अपनाइरहेको छ । महामारी नियन्त्रणका लागि चिनियाँहरू घरबाट बाहिर गएका छैनन् । सरकारले सकेसम्म बाहिर नजान र अनावश्यक भीड नगर्न आह्वान गर्दैआएको छ ।

महामारीले गर्दा नयाँ सत्र आरम्भको कुनै निश्चित मिति बिना स्थगित गरिएको छ । सोमबारबाट आधिकारिक शैक्षिक वेबसाइटमार्फत १८० मिलियन विद्यार्थीले अनलाइन पाठ्यक्रम शुरु गरेका छन् । योसँगै चीनले घरमै रहेर अध्ययन गर्ने परिपाटीको थालनी गरेको छ ।

पइचिङको पइचिङ नेशनल डे स्कूलमा कक्षा आठमा अध्ययनरत नेपाली विद्यार्थी आर्यका श्रेष्ठले पनि पहिलोपटक अनलाइन कक्षा लिएकी छिन् । साबिकको समय आठ बजेको समयमा कक्षा आरम्भ भएको थियो । विद्यालयको आफ्नै एप्समार्फत शिक्षक र विद्यार्थीले अन्तरसंवाद गरेका छन् । ‘आफूले नबुझेको कक्षामा जस्तै सोधेँ तर दिएको कार्य गरिसकेपछि भने फोटो खिचेर पठाएँ’, उनले आफ्नो अनुभव सुनाइन् । खेलकुद बाहेक सबै पढ्ने विषयको कक्षा भएको उनले बताइन् । बिहान आठदेखि दिउँसो साढे तीनसम्म अनलाइन कक्षा चलेको थियो । दैनिक पाँच विषयको कक्षा र हरेक कक्षाको समय पचास मिनेट र दश मिनेटको ब्रेक रहने बताइएको छ । चीनमा एक वर्षमा दुई सत्रको पढाइ हुन्छ । बिदापछि नयाँ वसन्त सत्रमा स्कुल जान नपाएको र साथी भेट्न नपाएकोमा केही खिन्न भए पनि सुरक्षाका लागि एकदम राम्रो भएको उनी बताउँछिन् । ‘यो महामारी पूर्ण रूपमा ठीक नहुन्जेल घरमै बस्नु उपयुक्त हुन्छ । यसरी पनि कक्षामा बसे सरी पढ्न मिलेको छ । पढाइ पनि बिग्रेन र आफ्नो पनि सुरक्षा भयो । अहिलेलाई यो उचित छ’, उनले भनिन् ।

चीन सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका कारण अनावश्यक रूपमा बाहिर नजान आह्वान गर्दैआएको छ । यो रोगबाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ भने १७ सयभन्दा बढीको मुत्यु र १० हजारभन्दा बढीको सफल उपचार भइसकेको छ ।

त्यसै गरी सफान फूस्याउमा दुई कक्षामा अध्ययनरत विद्यार्थी तितीले भिडियो च्याटमार्फत शिक्षकको आदेश पालना गरे । उनले स्कूले पोशाक लगाएर राष्ट्रियगानसँगै झण्डोत्तोलन कार्यक्रममा भिडियोमार्फत सहभागिता पनि जनाए । उनको अनलाइन भिडियो कक्षा आधा घण्टाको भए पनि उनले दिनभर विभिन्न विषयको गृहकार्यसँगै शारीरिक व्यायाम तथा चित्र बनाउने जस्ता काम गरे । तितीका पिताले सबै गृहकार्यका तस्वीर खिचेर शिक्षकलाई पठाएका थिए ।

पछिल्लो समय चीनले नवीन प्रविधिको विकासमा पनि सफलता हासिल गर्दैआएको छ । महामारीको सामना गरिरहेको चीनलाई चुनौतीसँगै प्रविधिमा फड्को मार्ने अवसर मिलेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.