चिनियाँ अर्थतन्त्रमा कोरोना

चिनियाँ अर्थतन्त्रमा कोरोना

जनवरीको मध्यबाट चीनमा महामारीका रूपमा पैmलिएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणले चीनसँगै विश्वलाई आतंकित तुल्याएको छ। यो भाइरस महामारीका रूपमा पैmलिएको एक महिना भइसक्दा पनि त्रास अझै बाँकी छ र यस विपत्तिमाथि जित हासिल गर्न चीन युद्धस्तरमा खटिरहेको छ। चीनले चालेको कदमले विश्वभरि मात्रै होइन; चीनभरि पनि यो भाइरस संक्रमण सजिलै पैmलिन भने पाएन। यस कोरोना भाइरसको उद्गमस्थल चीनको हुपै प्रान्तको वुहान सहरमा संक्रमण भएको पाउनेबित्तिकै उक्त सहरको आवतजावत रोकेर भाइरसलाई चीनभरि मात्रै होइन; सारा संसारमा पैmलिनबाट जोगाएको छ। विश्वलाई धेरै हदसम्म सुरक्षित महसुस गराए पनि चीनको अरू सहर र प्रान्तमा यो भाइरस फैलिनबाट रोक्न भने सकेन; जसले आम चिनियाँको जीवन प्रभावित बनाएको छ। चीनसँगै विश्व अर्थतन्त्रमा समेत असर पुर्‍याएको छ।

चिनियाँहरूको नयाँ वर्षसँगै वसन्त चाडको अवधिमा यस भाइरसको संक्रमणले करोडौं चिनियाँको योजना अलपत्र बनायो। यस वर्ष जनवरी १० देखि फेब्रुअरी १८ सम्मको ४० दिन ‘छुनयुन’ को अवधि थियो, अथात् करोडौं चिनियाँहरूको आवतजावतको अवधि थियो। कर्मथलोबाट जन्मथलो जाने र फेरि फर्कने तथा आन्तरिकसँगै बाह्य पर्यटनको यो समयमा ३ अर्ब ट्रिप्स (यात्रा) पुग्ने अनुमान राष्ट्रिय विकास तथा सुधार आयोगले जनवरी १० तारिख आयोजित पत्रकार सम्मेलनमा बताएको थियो। तर कोरोना भाइरसको महामारीका कारण जनवरी १० देखि फेब्रुअरी १० सम्म ३२ दिनको अवधिमा मात्र एक अर्ब ३८ करोड यात्रा भएका छन्। जुन गत वर्षको सोही समयावधिको तुलनामामा ४३.१ प्रतिशतले गिरावट आएको छ। गत वर्ष २०१९ को वसन्त चाडको सात दिनको लामो बिदा अवधिमा मात्र पर्यटन, पारिवारिक भेटघाटको सिलसिलामा ६२ लाख आन्तरिक यात्रा र ७२ लाख वैदेशिक यात्रा भएका थिए। यसपटक महामारीका कारण धेरै सहरहरूले ‘लकडाउन’ नै गरेका थिए भने कतिपय मुलुकले चीनसँगको हवाई सम्पर्कसमेत विच्छेद गरेको अवस्था रह्यो।

कोरोना भाइरसको महामारीबाट चीनको अर्थतन्त्रसँगै विश्व आर्थिक जगत्मा केही असर परे पनि चीनको आर्थिक विकासका आधारभूत अवस्थामा परिवर्तन हुने छैन।

चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार, गत वर्षको साताव्यापी वसन्त चाडको बिदामा मात्र ५१३.९ बिलियन युआन आन्तरिक पर्यटनबाट आम्दानी भएको थियो। सोही अवधिमा सरसामान तथा खाद्यवस्तुको कारोबार १.०१ ट्रिलियन युआनको पुगेको चीनको वाणिज्य मन्त्रालयको तथ्यांकले देखाउँछ। यसैगरी सोही अवधिमा चिनियाँ बक्सअफिसले पाँच बिलियन युआनको आँकडा पार गरेको थियो। यसरी छुनयुन र वसन्त चाडको अवधिमा चलायमान रहने अर्थतन्त्र यस वर्ष कोरोना भाइरस संक्रमणका कारण शिथिल बन्न पुग्यो। कोरोना भाइरसले चीनको २०२० को पहिलो त्रैमासिक आर्थिक वृद्धिमा गिरावट ल्याउने देखिए पनि सो त्रैमासिकमा जीडीपी वृद्धि दर ५ प्रतिशतभन्दा माथि रहने अपेक्षा चिनियाँ विज्ञहरूले गरेका छन्। साथै यस वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतमा स्थिर रहने अनुमान छ। विज्ञका भनाइअनुसार, यस भाइरस संक्रमणको प्रभाव मुख्यगरी पर्यटन, यातायात, उड्डयन र शिक्षा क्षेत्रमा मात्र परेको छ। उपभोक्ताहरूले मासुसहितको कृषिजन्य उत्पादन खरिद गरिरहेका छन् र घरेलु खपत कम भएको छैन।

यसैबीच, यस संक्रमणको निवारणमा लाग्ने समय अवधिले चिनियाँ अर्थतन्त्रलाई असर पार्न सक्ने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले फेबु्रअरी ११ मा आयोजित पत्रकार सम्मेलनमा बताएका छन्। उनले भाइरस संक्रमण तथा रोगको निवारण र नियन्त्रणमा देखिने प्रगति र उपलब्धिबाट चिनियाँ अर्थतन्त्रमाथि केकति असर भयो भन्ने बुझ्न सकिने औंल्याएका छन्। साथै चीनको अर्थतन्त्रमा दीर्घकालीन रूपमा सकारात्मक प्रवृत्ति रहने र संक्रमणबाट हुने असरलाई सन्तुलन गर्न चीन सक्षम रहेको पनि बताए। संक्रमणको छिटोभन्दा छिटो अन्त्यले नै अर्थतन्त्रलाई स्थिर बनाउने छ। साथै विश्व अर्थतन्त्रको स्थिर वृद्धिका लागि पनि अन्तर्राष्ट्रिय जगत्को दरिलो समर्थन आवश्यक छ। भाइरसको प्रतिकारका साथै हवाई सम्पर्कको पुनस्र्थापना, व्यापारलगायतका क्षेत्रमा विभिन्न मुलुकबीच समर्थन र समन्वय हुन आवश्यक छ।

विश्वभरि चीनमा निर्मित वस्तुको खपत धेरै हुन्छ। चीन विश्वमा सबैभन्दा ठूलो उत्पादनकर्ता मुलुक हो। दोस्रो आर्थिक शक्ति राष्ट्रसँगै चीन विश्वमा सबैभन्दा ठूलो व्यापार गर्ने मुलुकमध्ये एक हो। सबैभन्दा ठूलो निर्यातकर्ता र आयातकर्ता मुलुकमध्येको एक हो। साथै ‘मेड इन चाइना’ अहिले आएर सस्तो मात्रै होइन; टिकाउ र भरपर्दाे पनि भइसकेको छ। २०१९ मा चीनको वैदेशिक व्यापार ३.४ प्रतिशतले बढ्दै ३१.५४ ट्रिलियन युआनको कारोबार भएको तथ्यांकले देखाउँछ। यो संक्रमण अझै केही महिना भयावह रहने हो भने मागअनुसारको आपूर्ति नभएर विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने छ। सन् २०१९ मा चीनले निर्यात गरेका विद्युतीय सामग्री, विद्युतसम्बन्धी र मेसिनरी वस्तुको व्यापार मात्रा १०.०६ ट्रिलियन युआन थियो। चीनको भन्सार प्रशासनका अनुसार, २०१९ मा निर्यात तथा आयातमा संलग्न रकम क्रमशः १७.२३ ट्रिलियन र १४.३१ ट्रिलियन छ; जुन अघिल्लो वर्षको तुलनामा २०१९ मा निर्यात ५ प्रतिशत र आयात १.६ प्रतिशतले बढेको छ।

यसैबीच चीनको राज्य परिषदन्तर्गत संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाले फेब्रुअरी ११ मा बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय विकास र सुधार समितिका महासचिव छोङ ल्याङले जनजीवनसँग सम्बन्धित रहेका महत्वपूर्ण क्षेत्रको उत्पादन तत्काल पुनः सुरु गर्ने तथा प्रभावित क्षेत्र र अन्य कम जरुरी क्षेत्रको उत्पादन तथा सञ्चालन वास्तविक अवस्थाबमोजिम केही समयसम्म लम्ब्याउन सकिने बताएका छन्। उत्पादनका साथै जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्नु तत्कालको आवश्यकता हो। चीनको सुधार र विकास समितिले फेब्रुअरी ११ तारिख नै जनाएअनुसार, चीनको हुपै प्रान्तबाहेकका अरू क्षेत्रहरूमा उद्योग र कामकाज विस्तारै सञ्चालन हुँदै आएका छन्। कोरोना भाइरसको महामारीका कारण चिनियाँ वसन्त चाडको लम्बिएको बिदा (फेब्रुअरी १०) पछि विभिन्न महत्वपूर्ण उद्योग व्यवसायहरूका उत्पादन पुनः सुरु भएका हुन्।

उद्योग व्यवसाय नै अर्थतन्त्रको महत्वपूर्ण अंग हो। यो संक्रमणबाट व्यवसायमा पर्ने असरलाई कसरी न्यूनतम विन्दुमा झार्ने भन्ने नै वर्तमान चीनको अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण विषय हो। यस्तो नकारात्मक असर हुँदाहुँदै पनि चीन फटको मार्ने विकास गर्न सक्षम छ। चिनियाँ अर्थतन्त्रले जस्तो विषम अवस्थालाई पनि निरन्तर पार गर्दै सशक्त हुँदै‍ आएको छ। साथै देशी तथा विदेशी अर्थविद्हरूले पनि चिनियाँ अर्थतन्त्रमा क्षणिक रूपमा मात्र नकारात्मक असर परेको र चाँडै आफ्नो लय समात्ने विश्वास राखेका छन्। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी ७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्दै चीनसँग कोरोना भाइरस महामारीलाई पराजित गर्ने विश्वास र क्षमता रहेको र चीनको अर्थतन्त्र दीर्घकालीन सही दिशातर्फ उन्मुख हुने प्रवृत्तिमा परिवर्तन नहुनेमा जोड दिएका थिए।

चिनियाँ केन्द्रीय बैंक अर्थात् चिनियाँ जन बैंकका उपगभर्नर फान कुङ सङले फेब्रुअरी ७ मा जन बैंकले तीन खर्ब चिनियाँ युआनको रिफाइनान्सिङ गरेको बताउँदै सहुलियत ऋण ब्याज कार्यान्वयन गरेर महत्वपूर्ण चिकित्सा, जनजीवनमा आवश्यक सामग्री आदि क्षेत्रका उद्योग–व्यवसायलाई समर्थन दिने बताएका छन्। उनका अनुसार, महामारीको अन्त्यपछि चीनको अर्थतन्त्र पुनः उदय हुनेछ र उच्च गुणस्तरको वृद्धिको आधारभूत अवस्थामा परिवर्तन आउने छैन। चीनको वित्त बजारमा सिर्जना भएको प्रभाव अवश्य नै छोटो तथा अस्थायी हुनेछ। चीनको बैंकिङ र बिमा नियामक आयोगका उपाध्यक्ष छाउ युका अनुसार महामारी सुरु भएदेखि चीनको बैंकिङ र बिमा संस्थाले तुरुन्तै महामारीको नियन्त्रण तथा प्रतिरोधमा बैंकिङ सेवा तथा प्रत्याभूति सम्बन्धित काम सञ्चालन गरिरहेको छ। उपाध्यक्ष छाउका अनुसार सुधार तथा खुलापन र निगरानी तथा व्यवस्थापन विकासमा केही वर्षयता चिनियाँ वित्तीय संस्था र वित्त बजारको लचिलोपन स्पष्टरूपमा बलियो बन्दै गएको छ र नकारात्मक प्रभावको प्रतिरोध क्षमता ठूलो परिमाणमा बढेको छ। यस वसन्त चाड र संक्रमणको अवधिमा कोरोना भाइरसको प्रतिरोधका क्रममा ई–वाणिज्य निकै फस्टाएको छ। अनलाइन व्यापार र सेवासँगै ई–गेम्सले डिजिटल इकोनोमीमा उल्लेख्य योगदान पुर्‍याएको छ।

धेरै वर्षयता विश्व अर्थतन्त्रमा चीनको आर्थिक वृद्धि योगदान दर ३० प्रतिशत छ। चीन निरन्तर विश्वको आर्थिक विकासको ‘इन्जिन’ बन्दै आएको छ। हाल महामारीबाट चीनको अर्थतन्त्रसँगै विश्व आर्थिक जगत्मा केही असर परे पनि चीनको आर्थिक विकासका आधारभूत अवस्थामा परिवर्तन हुने छैन। चीनले यस महामारीविरुद्धको युद्धमा जित हासिल गर्ने छ। यो महामारी धेरै समय रहने छैन। विजय अवश्यम्भावी छ। यसर्थ चीनले विश्वको आर्थिक वृद्धि दरलाई निरन्तर रूपमा शक्ति थप्ने नै छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.