कोभिड-१९ को असर : चीनमा दुई अधिवेशन पछाडि धकेलियो

कोभिड-१९ को असर : चीनमा दुई अधिवेशन पछाडि धकेलियो

बेइजिङ : हरेक वर्ष मार्च महिनामा आयोजना हुँदै आएका चीनका दुई महत्वपूर्ण अधिवेशन यस पटक तोकिएको समयमा नहुने भएको छ। हाल कोरोना भाइरस (कोभिड-१९)को महामारीको रोकथाम तथा नियन्त्रण नै देशको पहिलो प्राथमिकता भएका कारण दुई अधिवेशनलाई पछि सारिएको हो।

कोभिड-१९ को महामारीको रोकथाम तथा नियन्त्रण नै देशको मुख्य कार्यभार भएको कारण चिनियाँ राष्ट्रिय जन काँग्रेस (एनपिसी)को स्थायी समितिले फेब्रुअरी २४ तारिख यस्तो विशेष निर्णय गरेको हो। निर्णयअनुसार, तेह्रौं एनपिसीको तेस्रो अधिवेशन पछि सारिएको छ। उक्त अधिवेशनको आयोजनाको ठोस मिति एनपिसीको स्थायी समितिद्वारा निर्णय गरिने जनाइएको छ। 

यसैगरी चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (सीपिपिसिसी)को स्थायी समितिको बैठकले पनि सोही दिन आगामी मार्च ३ तारिखबाट आयोजना हुने चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन तेह्रौं राष्ट्रिय समितिको तेस्रो अधिवेशन पनि पछि सारिने जनाएको छ। आयोजनाको ठोस मिति पछि निश्चित गरिने छ। 

सीपिपिसिसीको तेह्रौँ राष्ट्रिय समितिको अधिवेशन मार्च ३ र तेह्रौँ एनपिसीको अधिवेशन मार्च ५ बाट चीनको राजधानी बेइजिङमा हुने गर्दछ। यी दुई वटा अधिवेशनलाई मूलतः एकै समयमा आयोजना हुने भएकाले दुई अधिवेशन मात्र भन्ने गरिन्छ। यी अधिवेशनहरूले गत आर्थिक वर्षको वार्षिक कार्य प्रतिवेदन समीक्षा, आर्थिक तथा सामाजिक विकास योजनाको समीक्षा र केन्द्रीय तथा स्थानीय बजेटको समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षका लागि वार्षिक कार्ययोजना तथा बजेट पारित गर्ने गर्दछ। चीनको राजनैतिक मामिलाको मन्थन, समीक्षा, बहस, योजना र नीति तर्जुमाको अर्धमासिक लामो यो अवधिको कार्यप्रभावले चीन र आमचिनियाँ जनतालाई मात्रै नभइ छिमेकी मुलुक र सारा विश्वलाई समेत प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्दै आएको छ। 

चिनियाँ सञ्चार माध्यमकाअनुसार, सन् १९९५ देखि मार्चको प्रारम्भमा गरिँदै आएका यी दुई अधिवेशन पहिलो पल्ट कोभिड-१९ का कारण यस पटक सो महिनाको प्रारम्भमा नहुने भएको हो। दुई हप्ता पर धकेलिने वा मार्चको अन्तिम साता आयोजन हुनसक्ने अनुमान गरिएको छ। 

यसैबीच चिनियाँ स्वास्थ्य विज्ञ चोङ नानसानले अप्रिलको अन्त्यसम्ममा यस महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका छन्। साथै बिहीबार क्वानचौमा आयोजित प्रेस सम्मेलनमा उनले चीनमा कोभिड-१९को पहिलो केस देखिए तापनि चीनमा नै यस भाइरस उत्पति नभएको हुनसक्ने पनि बताएका छन्। हालसम्म कोभिड-१९ बाट चीनमा मात्र ७८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् साथै २७ सय बढीको मृत्यु र ३३ हजार जनाको सफल उपचार भइसकेको छ। पछिल्लो समय विश्वका ४० बढी देशमा कोभिड-१९ फैलिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.