अस्पताल परिसरमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

अस्पताल परिसरमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

काठमाडौं : त्रि.वि. शिक्षण अस्पतालमा अहिले मिडिया र सर्वसाधारणलगायतको भिड लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्न बुधबार बिहानदेखि अस्पताल परिसरमा राजनीतिक दलका नेतादेखि नेकपाका कार्यकर्ता, विभिन्न संघसंगठनका व्यक्ति र सर्वसाधारणको हुल जम्मा भएको हो । 

कोही हातमा 'गेट वेल सुन'को पाम्मप्लेट बोक्दै त कोही केपी ओलीको तस्बिर र पेन्टिङ लिएर अस्पतालमा जम्मा भएका छन् । यसै क्रममा भेटिइन् धादिङकी सन्तोषी पौडेल ।

दिदीको उपचार गराउन उनी त्रि.वि. शिक्षण अस्पताल आएकी हुन् । केहिदिन अगाडि काठमाडौं आएकी सन्तोषीको हातमा प्रधानमन्त्रीको फोटो छ । उनी देशको प्रधानमन्त्रीको सिघ्र स्वाथ्य लाभको कामना गर्दै छिन् । अहिलेको अवस्थामा प्रधानमन्त्री स्वस्थ रहनु आवश्यक छ’, उनी भन्छिन्, ‘देशलाई चाहिने नेता हुन् उनी ।’ प्रधानमन्त्रीको सल्यक्रियामा करिब ५ घण्टा लाग्ने थाहा पाएपछि उनले सल्यक्रिया सफल भएको समाचार सुन्न आतुर भएको बताइन् । 

महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थी पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको लागि अस्पताल पुगेका छन् । करिब २० जनाको समूहमा रहेका विद्यार्थीहरू सल्यक्रिया नसकिएसम्म अस्पतालमै रहने भएका छन् । विद्यार्थी ऋचा घिमिरे भन्छिन्, ‘बिहान ९ बजे नै हामी अस्पताल आएका हौं । बिहान बेलुकाको ड्युटी मिलाएर आएका हौं । सल्यक्रिया नसकुनजेल यहीँ बस्नेछौं ।’

कलंकीका नारायणप्रसाद बस्याल पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभ चाहन्छन् । त्रि.वि. शिक्षण अस्पतालमा केपी ओलीको उपचार भइरहेको थाहा पाएपछि उनी केही साथीसहित बिहानै अस्पताल पुगेका रहेछन् । भन्छन्, ‘पशुपतिनाथले प्रधानमन्त्रीलाई हप्ता दस दिनमै हिँड्न सक्ने बनाऊन् र देशको सेवामा फेरि लाग्ने प्रेरणा दिऊन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.