राजर्षि जनक कप : पुलिस उपाधि नजिक

राजर्षि जनक कप : पुलिस उपाधि नजिक

मलंगवा : नेपाल पुलिस क्लब सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा सुदूरपश्चिम– ११ लाई ३–१ गोलले हराउँदै पुलिसले फाइनल यात्रा तय गरेको हो।

सुदूरपश्चिमले खेलमा लिएको अग्रता जोगाइराख्न नसक्दा हार बेहार्न बाध्य भयो। १६औं मिनेटमा फिलिप तामाङले गोल गर्दै सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा गतिलो खेल खेल्न नसकेको पुलिसले दोस्रो हाफमा भने खेललाई आफ्नो पकडमा लिएको थियो। ४७औं मिनेटमा पुलिसका कप्तान जुमानु राईले गोल गर्दै खेललाई बराबरी गरेका थिए। त्यसैगरी जुमानु राईको पासमा तीर्थ रानामगरले ५५औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। त्यसपछि ६७औं मिनेटमा तेस्रो गोल गर्दै पुलिसले गोलअन्तर फराकिलो पारेको थियो। रविन श्रेष्ठले डीबक्स बाहिरबाट दिएको पासलाई तीर्थ रानामगरले हेड गर्दै तेस्रो गोल गरेका थिए।

खेलको म्यान अफ दी म्याच पुलिसका जुमानु राई घोषित भए। राईलाई नगद रु. १० हजार प्रदान गरिएको थियो। शनिबार जाउलाखेल युथ क्लब र कञ्चनजंघा फुटबल क्लब सिक्किमबीच खेल हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.