कोरोना रोकथाम : सरसफाइबारे जनचेतना फैलाउन नर्स लिएर घरघर पुग्छिन् चन्द्रा

कोरोना रोकथाम : सरसफाइबारे जनचेतना फैलाउन नर्स लिएर घरघर पुग्छिन् चन्द्रा

डोल्पा : कोरोना भाइरस (कोभिड-१९) ले दुनियाँ डकमगाइ रहेको बेला एक युवतीले भने समाजमा सरसफाइबारे जनचेता फैलाउन अघि सरेकी छिन्। त्रिपूरा सुन्दरी नगरपालिका २ मद्धुकी चन्द्रा बुढा लकडाउनमा नर्ससहित घरघर पुग्ने गरेकी छिन्। बिहानै उनी हरेकको घरमा पुग्छिन् अनि सरसफाइबारे सिकाउँछिन्। 

उनले गएको तिहारमा देउसी भैलो खेलर जम्मा भएको पाँच हजार रुपैयाँले साबुन किनेर मद्धुका ८५ घरधुरीमा निशुल्क बाँडेकी छिन्। चन्द्रा भन्छिन्,' गाउँमा सरसफाइ बारे जानकारी छैन, सामान्य साबुनले हातधुनेसम्म ज्ञान छैन।गाउँका मानिसमा काम बाहेक केही जानेका छैनन्। स्थानीय सरकारले स्वास्थ्य र सरसफाइका कुनैपनि कुराको सचेतना गराएको छैन।त्यसैले नर्स साथमा लिएर यो अभियानमा जुटेकी हुँ।'

प्रत्येक घरमा आमाबुवा तथा साना बाहिनी भाइलाई साबुन दिँदै कोरोना भाइरसबाट कसरी बच्ने भन्नेबारे सचेत गराउने गरेको चन्द्राले बताइन्।उनले भनिन्, म अगुवाइ मात्रै गर्छु आफूसँग स्टाफर्नस रचना बुढाले विशेष भूमिका खेलिरहेकी छिन्।'

दिनभरको खाली समय आफूले जानेको र सिकेको कुरा गाउँका नागरिकसँग बाँड्न पाउँदा  खुसि लागेको रचनाले बताइन्। उनले स्थानीय सरकारले यो समयमा स्वास्थ्य सेवाबारे कुनै जानकारी नदिँदा दु:ख लागेको बताइन्। 
 
जिल्लाका अधिकांश गाउँमा सरसफाइको कमीले मौसमी रुघाखोकी तथा अन्य भाइरलले बर्षेनि मानिसको ज्यान जाने गरेको  छ। हरेक वर्ष लाखौ रकम स्वास्थ्य र सरसफाइका नाममा खर्च हुने भएपनि जनस्तरसम्म भने यो कुराले कहिले पनि छुन सकेको छैन। अहिले पनि पूरानै शैलिमा गाउँलेले दैनिकी गुजारी रहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.