प्रकृतिले नै 'लकडाउन' गरेको भोट क्षेत्र (फोटोफिचर)

प्रकृतिले नै 'लकडाउन' गरेको भोट क्षेत्र  (फोटोफिचर)

डोल्पा : कोरोना भाइरस (कोभिट-१९) बाट बच्न सरकारले सबै सुरक्षा परिचालन गरी लकडाउन गरिरहँदा भोट क्षेत्रमा भने प्रकृतिले नै लकडाउन गरिदिएको छ।  डोल्पाको भोट क्षेत्र अर्थात् माथिल्लो डोल्पा यतिबेला प्राकृतिक रुपमा नै लकडाउनमा छ । चीनको तिब्बतसँग सीमा जोडिएको माथिल्लो डोल्पामा हिमपातले पूरै लकडाउन गरेको हो।

 
मंसिरको तेस्रो साताबाट जमेको हिउँले माथिल्लो डोल्पाको सबै सेताम्मे छन् । जहाँ कसैले कसैलाई भित्र बस भन्नुपर्ने अवस्था छैन । ठूला अग्ला डाँडा र हिमालले घेरिएको माथिल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका प्राकृतिक रुपमा लकडाउन भएका छन्। 

'हामीलाई प्रकृतिले साथ दिएको छ, चीनसँगको क्षेत्र पूरै हिउँले ढाकेको छ, एक बस्तीबाट अर्को बस्ती जान पूर्णरुपमा हिउँले अवरोध गरेको छ, 'फोक्सुण्डो गाँउपालिकका वडा अध्यक्ष पेमावाङछेन गुरुङले बताए ।
 
तल्लो डोल्पाबाट मानिस सहजै माथिल्लो डोल्पा जान सक्ने अवस्था छैन। 'तिब्बतबाट कोही आउँदैनन, कोरोनाको डर नै छैन,' भोट क्षेत्रमा स्थानीय सोनामाक्याजेन लामाले सुनाए ।  सबैभन्दा ठूलो कुरा माथिल्लो डोल्पामा कोरोनाबारे बुझाउने स्थानीय मानिसको कमी छ । त्यहाँ सबैले नेपाली बुझ्दैनन। 

स्वास्थ्यकर्म‍ी सधैं बस्दैनन। आम्ती लामाले उपचार गरिदिन्छन्।भोट क्षेत्रका मानिसहरु पेम्मातार्के लामाले भने,' हामीसँग अरु कुनै विकल्प पनि छैन, हामी आम्चीमाथि नै विश्‍वास गर्छौं।' सुरक्षाकर्मीबिहीन अवस्थामा प्रकृतिले लकडाउन गरेपछि भोटबासी ढुक्‍क छन्। भोटक्षेत्रका स्थानीय तहमा औषधि समेत प्रयाप्त छैन। शे फोक्सुण्डो गाउँपालिकाले औषधि खरिद गरेर गाउँ लगेको छ । तर सबै गाउँमा पुगेको भने छैन ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.