लकडाउनमा घरमै सुरक्षा भत्ता

लकडाउनमा घरमै सुरक्षा भत्ता

सुर्खेत : लकडाउनका कारण बैंकिङ सेवा प्रयोग गर्न नसक्ने सेवाग्राहीलाई जुम्लाका स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । लकडाउनका कारण गाउँबाट वित्तीय संस्थासम्म पुग्न कठिन हुने भएकाले सेवाग्राहीको घरघरमै पुगेर भत्ता बाँड्न थालिएको हो । जिल्ला तिला गाउँपालिकाले दोस्रो चौमासिक अन्र्तगत सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक वडावासीको घरघरमा पुगेर भत्ता बाँड्न थालेपछि अन्य स्थानीय तहले पनि सिको गरेका हुन् । 

सबै वडाध्यक्ष र सचिवलाई परिचालन गरेर घरदैलोमै पुगी भत्ता बाँड्न लगाइएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । यता हिमा गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाको भनाइ छ ।

गुठीचौर गाउँपालिकाले दुईहजार एकसय ९६ जनालाई हालसम्म दोस्रो चौमासिक अन्र्तगत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । एककरोड २६ लाख ६ हजार आठसय रकम निकासा भएकोमा सबै रकम सेवाग्राहीलाई वितरण गर्न थालिएको सुरक्षा शाखा प्रमुख गोपीचन्द्र प्याकुरेलले बताए । भौगोलिक रूपमा टाढा भएका गाउँमा गएर सुरक्षा भत्ता वितरण गरिएको उनको भनाइ छ ।

जिल्लाको तातोपानी गाउँपालिकाले १ देखि ६ वडाका स्थानीयवासीको सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गरेको छ । भने ७ र ८ वडाका स्थानीयको घरघरमै पुगेर भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । यस्तै कनकासुन्दरी, सिंजा र पातारासी गाउँपालिकाले पनि घरमै पुगेर भत्ता वितरण गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.