चीनका दुई अधिवेशन यसै साता

चीनका दुई अधिवेशन यसै साता

बेइजिङ : चीनको तेह्रौं राष्ट्रिय जनकंग्रेसको तेस्रो सम्मेलन मे महिनाको २२ तारिखबाट पइचिङमा शुरु हुने भएको छ । यसैगरी चिनियाँ राजनीतिक परामर्शदातृ सम्मेलन मे २१ बाट आयोजना हुँदै छ । मार्च महिना चीनका लागि दुईवटा महत्वपूर्ण अधिवेशनको अवधि मानिन्छ । यो समयमा राष्ट्रिय जनकंग्रेस (एनपीसी) र चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को वार्षिक बैठक बेइजिङमा आयोजना हुने गर्दछन् । यो चीनले एक वर्षका लागि गरिने कार्य योजना मात्रै नभई विश्वका लागि चीन सम्बन्धमा अवलोकन गर्ने महत्वपूर्ण झ्याल पनि हो । तर कोविड–१९ महामारीका कारण यसपटक यी दुई सम्मेलन पछि धकेलिएको हो ।

यी दुई महत्त्वपूर्ण अधिवेशनमा गत आर्थिक वर्षको वार्षिक कार्य प्रतिवेदन समीक्षा, आर्थिक तथा सामाजिक विकास योजनाको समीक्षा र केन्द्रीय तथा स्थानीय बजेटको समीक्षा गरिनुका साथै आगामी आर्थिक वर्षका लागि वार्षिक कार्ययोजना तथा बजेट पारित गरिन्छ । चीनको राजनीतिक मामिलाको मन्थन, समीक्षा, बहस, योजना र नीति तर्जुमाको यो सम्मेलनको कार्य प्रभावले चीन र आम चिनियाँ जनतालाई मात्रै नभई छिमेकी मुलुक र विश्वलाई समेत प्रत्यक्ष–प्ररोक्ष प्रभावित पार्ने गर्दछ । दोस्रो आर्थिक शक्ति राष्ट्र चीनका नीतिगत पहल र सामरिक तथा रणनीतिक कदमतर्फ विश्वको ध्यान खिचिनु स्वभाविकै हो ।

यस वर्षको दुई अधिवेशनमा हाल सामना गरिरहेको कोविड–१९ महामारी र यसले निम्त्याएका चुनौती निस्तेज पार्ने प्रमुख विषय बन्नेछ । यस बाहेक, यस वर्ष चीनको गरिबी उन्मूलीकरणको अन्तिम वर्ष हो, धेरै हदसम्म सफल भइसकेको चीनले गरिबी निवारणको लक्ष्य हासिल गर्ने बाटोमा रहेका केही अवरोध पन्छाउने तयारी गर्नेछ । साथै यी सम्मेलनले कोविड–१९ ले निम्त्याएको रोजगार समस्या, वैदेशिक व्यापार तथा वैदेशिक लगानी, र चीन अमेरिकाबीच जारी व्यापार युद्धका बारेमा आगामी दिनमा अगाडि बढ्नलाई मार्ग प्रशस्त गर्नेछ । यसैगरी यस वर्ष चीनको तेह्रौं पञ्चवर्षीय (२०१६–२०२०) योजनाको अन्तिम वर्ष हो । यस सम्बन्धमा पनि लेखाजोखा हुनेछ । साथै विश्वव्यापीकरण र नवीन रेशममार्ग अर्थात् बेल्ट एण्ड रोड इनिसिएटिभलगायत, अन्तरीक्ष अन्वेषण र नवप्रविधिको खोज तथा अनुसन्धानका विषय पनि मुख्य मुद्दा हुनेछन् ।

यस पटकको दुई अधिवेशन महामारी नियन्त्रणका लागि इन्टरनेटको माध्यमबाट समेत हुने जनाइएको छ । राष्ट्रिय जनकंग्रेस समितिको विदेश मामिला परिषद्का प्रखुम चाङ ये स्वीका अनुसार हाल विदेशमा कोविड महामारीको पैmलावट जारी रहेको तथा प्रभावकारी रूपमा नियन्त्रणमा नआएको अवस्थामा विदेशबाट संक्रमित केस भित्रिने र स्वदेशमा पनि पुनः फैलिने सम्भावना रहेकाले नियन्त्रण गर्नका लागि चीनले यस वर्षको सम्मेलनलाई केही समायोजन गरेको छ ।

सम्मेलनको समयावधिलाई छोटो बनाउँदै मुख्य एजेण्डा तथा मिति सम्मेलनअघि आयोजना हुने तयारी बैठक र अध्यक्ष टोलीको पहिलो बैठकद्वारा पारित गरिने पनि जनाइएको छ । प्रेस सम्मेलन, पत्रकार सम्मेलनलगायतका कार्यक्रमलाई भिडियोमार्फत् आयोजना गरिने भएको छ । सम्मेलनको पूर्ण बैठकमा भने चीनका लागि विभिन्न मुलुकका राजदूतलाई सहभागी हुन र पइचिङमा रहेका केही चिनियाँ तथा विदेशी पत्रकारलाई जनबृहत् सभाभवनमा अन्तर्वार्ताका लागि निमन्त्रण गर्ने बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसहित सरकारका नेताहरू गरी ३ हजारभन्दा बढी राष्ट्रिय जनकंग्रेसका प्रतिनिधिहरू तेह्रौं राष्ट्रिय जनकंग्रेस अधिवेशनको तेस्रो सम्मेलनमा सहभागी हुनेछन् । यसैगरी चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन तेह्रौं राष्ट्रिय समितिको तेस्रो अधिवेशनमा दुई हजारभन्दा बढी सदस्यले चीनको समग्र विकास सम्बन्धमा छलफल गर्ने छन् ।

कोविड–१९ को महामारीको रोकथाम तथा नियन्त्रण नै देशको पहिलो प्राथमिकता भएका कारण फेब्रुअरी २४ तारिखमा दुई अधिवेशन पछि सार्ने निर्णय गरिएको थियो । सन् १९९५ देखि मार्चको प्रारम्भमा गरिँदै आएका यी दुई अधिवेशन पहिलोपल्ट कोविड–१९ का कारण पछि सारेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.