छिमेकीलाई विष खुवाएर मार्ने तीनजना पक्राउ

छिमेकीलाई  विष खुवाएर मार्ने तीनजना पक्राउ

डोल्पा  : डोल्पामा विष खुवाएर मान्छे मार्ने तीनजना पक्राउ परेका छन् । गत जेठ २ गते विष राखेको खाना खाँदा एकै परिवारका एकजनाको ज्यान गएको थियो भने दुईजनाको गम्भीर भएका थिए। गम्भीर भएकाहरुको हाल उपचार भइ रहेको छ । 

त्रिपूरा सुन्दरी नगपालिका १ रल्लीका ३२ वर्षीय शुकलाल कुलालको विष राखेको खाना खाँदा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । उनका दुई श्रीमतीको हेलिकोप्टरबाट सुर्खेत लगि उपचार भइइरहेको छ । 

चैत्र २ गते राति शुकलालकै घरमा खानामा विष राखेर खुवाउने त्रिपूरा सुन्दरी नगरपालिका १ रल्लीका ४१ वर्षीय  ओमबहादुर शाही, सोहि वडा गल्ली ३० वर्षीय जयबहादुर कठायत र सोही वडाका ३७ वर्षीय धन बुढालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । 

प्रहरीले पक्राउ गरेका तीनैजनालाई म्याद थप गरी थप अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । 

डिएसपी रञ्जितकाराका अनुसार उनीहरु शुकलाल कुलाको परिवारलाई ज्यान मर्ने उद्देश्यले डोल्पाकै पाटनमा पाइने विष  खानामा मिलाएर खुवाएको भन्ने प्रमाणसहित प्रहरीले प्रक्राउ गरी सार्वजानिक गरेको बताए । 

विस सेवनबाट शुकलाल कुलालको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गर्दा उनीहरु शंकास्पद देखिएपछि पक्राउ गरेको र उनीहरुको साथबाट विषको बोटसहित विष घोलिएको बोतल र अन्य सामगी समेत बरामत भएको डिएसपी रञ्जितकारले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.