पूर्वसांसद शाहले दिए एक करोडको स्वास्थ्य उपकरण

पूर्वसांसद शाहले दिए एक करोडको स्वास्थ्य उपकरण

सुर्खेत  : जाजरकोटबाट पूर्व सांसद तथा समाजसेवी राजिवविक्रम शाहले एक करोडका स्वास्थ्य उपकरण सहयोग गरेका छन् । कर्णाली प्रदेश सरकारलाई कोरोनाविरुद्धको लडाँइमा सघाउन कर्णाली प्रदेश अस्पतालसहित जिल्ला अस्पताललाई उपकरण सहयोग गरेका हुन् । उनले शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा प्रदेश अस्पतालका प्रमुख डा. डम्मर खड्कालाई स्वास्थ्य उपकरण हस्तान्तरण गरे । 

यस्तै कर्णालीका आठवटा जिल्ला अस्पताललाई समेत उनले तत्काल आवाश्यक पर्ने सामग्री पठाएका छन् । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आइसीयु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगायत ८० लाख बराबरको उनले स्वास्थ्य उपकरण सहयोग गरेका हुन् । प्रदेशका अन्य जिल्ला अस्पताललाई करिब तीन लाख बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराए । यो निजी क्षेत्रबाट कर्णालीमा भएको हालसम्मकै सबैभन्दा ठूलो सहयोग हो । 

उनको सहयोगमा कर्णालीका हुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिम जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, इसिजी मेसिन, प्यासेन्ट ट्रली, नेपुलाइजरलगायतका स्वास्थ्य सामग्री दिइएको छ । 

स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरिएको ट्रष्टका अध्यक्ष समेत रहेका शाहले बताए । 'हामीले कर्णालीका नागरिकलाई कसरी स्वास्थ्य सेवाको पहुँच दिन सकिन्छ भन्ने सोचेर सहयोग गरेका हौं,' उनले भने, 'कर्णालीमा रोगसँग लड्न निकै चुनौती छ । भौगोलिक विकटता, स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावले यहाँ महामारी फैलनसक्ने अवस्था छ ।'

यता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्व सांसद तथा सामाजसेवी शाहले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीमा कोरोनासँग लड्न थप सहयोग पुगेको बताए । 'हामी सबै कोरोनाविरुद्धको लडाँइमा छौं, उनले भने, 'त्यसैले लडाँइ जित्न कर्णालीका स्वास्थ्य पूर्वाधार विकाससमा जोड दिनेछौं ।'

हाल कर्णालीमा भारतबाट दैलेख आएका एक युवामा कोरोना संक्रमण देखिएका छ। भारतबाट आउने नागरिकका कारण जोखिम बढेको उनको भनाइ छ । तथ्यांक अनुसार कर्णालीका ८० हजार नागरिक भारतमा छन् । त्यसमध्ये तत्काल २० हजार नागरिकको प्रदेश सकारले उद्धार गर्ने रणनीति बनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.