कोभिड–१९ नियन्त्रणमा १ ट्रिलियन खर्च गर्दै चीन

कोभिड–१९ नियन्त्रणमा १ ट्रिलियन खर्च गर्दै चीन

बेइजिङ : चीनका प्रधानमन्त्री ली ख छ्याङले १३औं राष्ट्रिय जनकाँग्रेसको तेस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सन् २०१९ मा चीनको विकासमा धेरै चुनौती रहे पनि चीनले वर्षभरीको मुख्य लक्ष्य र कार्यभारलाई पूरा गरेको बताएका छन् ।

उनले आर्थिक विकासको स्थिरतालाई कायम राख्दै जनजीवनमा सुधार गर्दै पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्न निर्णायक आधार बनाएको पनि उल्लेख गरे । प्रधानमन्त्री लीले गत वर्षको सरकारी कार्य रिपोर्ट प्रस्तुत गर्दै यस वर्षको कार्य योजना पनि प्रस्तुत गरेका छन् । एक हप्ता चल्ने अधिवेशनमा यी योजनाकाबारेमा छलफल हुनेछ ।

कोभिड–१९ महामारीका कारण मार्चमा आयोजना हुँदै आएको यस नियमित वार्षिक अधिवेशन २२ वर्षयता पहिलो पटकमै महिनामा आयोजना भएको हो । अधिवेशनको उद्घाटनमा सवप्र्रथम महामारीको लडाइँमा ज्यान गुमाएकाहरूप्रति मौन धारण गरिएको थियो ।

चीनका राष्ट्रपति सी चिनफिङलगायत अरू नेताहरूसहित जम्मा २८९७ प्रतिनिधिहरू सो अधिवेशनमा सहभागी भएका छन् । यसपटक चीनले विश्वमा महामारी फैलिएको तथा आर्थिक स्थितिमा अनिश्चितता देखिएकोले सन् २०२० कालागि आर्थिक वृद्धि दरको ठोस लक्ष्य तय गरेको छैन । यस वर्षको पहिलो त्रैमासिक अवधिमा कोभिड–१९ महामारीका कारण चीनको अर्थतन्त्रमा गिरावट आएको थियो ।

यस अधिवेशनमा चीनले सार्वजनिक स्वास्थ्य प्रणालीको निर्माणलाई सबल पार्ने तर्पm विशेष ध्यान दिएको छ । चीनले जनताको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेको छ । रोग प्रतिरोध र नियन्त्रण संयन्त्रको सुधार गर्ने, महामारीको रिपोर्ट र पूर्वानुमान प्रणालीलाई पूर्णता दिलाउने, खुला र पारदर्शी रुपमा महामारीसम्बन्धी समाचार सार्वजनिक गर्ने प्रधानमन्त्री लीले व्यक्त गरेका छन् ।

यसका साथै चीनले खोप, औषधि तथा परीक्षणको प्राविधिक अध्ययनमा लगानी बढाउने र आवश्यक स्वास्थ्य सामग्री तथा प्रबन्धको प्रत्याभूतिलाई सबल पार्ने पनि बताइएको छ । यसै गरी चीनले कोभिड–१९ नियन्त्रणकालागि १ ट्रिलियन युआनको सरकारी बण्ड जारी गर्ने योजना पनि अघि सारेको छ ।

प्रस्तुत कार्य प्रतिवेदन अनुसार, सन् २०१९ मा चीनको कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा ६.१ प्रतिशतले वृद्धि भइ ९९१ खर्ब चिनियाँ युआन पुगेको छ । शहर तथा गाउँबस्तीमा १ करोड ३५ लाख २० हजार जनाका लागि रोजगार सिर्जना गर्नुका साथै १ करोड १० लाख ९० हजारले विपन्न जनसंख्या घटेको छ । सन् २०२० मा चीनले रोजगारी तथा जनताको जीवनयापनलाई मुख्य स्थानमा राख्दै गरिबी निवारण युद्धलाई जित्न र चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण लक्ष्य पूरा गर्न प्रयास गर्ने छ ।

चालू वर्ष चीनका शहरी तथा ग्रामिण क्षेत्रमा नयाँ थपिने रोजगारी लक्ष्य ९० लाखभन्दा बढी पुग्ने र शहरी तथा ग्रामिण क्षेत्रको बेरोजगारी दर करिब ६ प्रतिशत रहने बताइएको छ । साथै निरन्तर रुपमा कर तथा खर्चको कटौतीलाई बढाउँदै बजार तथा उद्योगमा देखिएका समस्यालाई हल गर्दै जाने छ । यसै गरी निर्माण क्षेत्रमा ६ खर्ब चिनियाँ युआन लगानी गर्ने योजना पनि बनाएको छ ।

५–जीका लागि आधारभूत प्रबन्धको निर्माण, सार्वजनिक सुविधा प्रबन्धको निर्माण र यातायात तथा जललगायतका विभिन्न महत्त्वपूर्ण परियोजना निर्माण गर्ने भएको छ । साथै राष्ट्रिय रेलमार्गको निर्माणमा १ खर्ब चिनियाँ युआन थप्ने योजना बनाइएको छ ।

यसैगरी चीनले चीन–अमेरिका पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौताको संयुक्त कार्यान्वयनमा जोड दिने तथा बेल्ट एण्ड रोडको उच्च–गुणस्तरयुक्त संयुक्त निर्माणमा केन्द्रीत रहँदै पारस्पारिक हितकारी सहकार्यलाई बढाउने भनेको छ ।

चीनले बहुपक्षीय व्यापार प्रणालीको पूर्ण सुरक्षा गर्ने तथा विश्व व्यापार संगठनको सुधारमा सक्रियताका साथ भाग लिने बताउँदै महामारी नियन्त्रणका लागि अन्तरराष्ट्रिय सहयोगलाई मजबुत बनाउन चीन अन्य देशहरूसँग मिलेर काम गर्न तयार रहेको पनि चिनियाँ प्रधानमन्त्री लीले व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.