भारतमा कोरोना संक्रमितको संख्या ६ लाख नजिक

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख नजिक

नयाँदिल्ली : महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४९३ जना सङ्क्रमित भएका छन्। 

तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २० हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ। 

कुल सङ्क्रमितमध्ये तीन लाख ४७ हजार ९७९ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ४०० जनाको मृत्यु भइसकेको छ। ती मध्ये ५०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो। 

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्रमा देखिएका छन्। त्यहाँ कुल सङ्क्रमितको संख्या एक लाख ७४ हजार ७६१ पुगेको छ। त्यसैगरी तमिलनाडुमा ९० हजार १६७ जना सङ्क्रमित भएका छन्। अधिकारीहरुका अनुसार तमिलनाडुमा एक हजार २०१ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा ८७ हजार ३६० जना सङ्क्रमित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.