रित्तिँदै आइसोलेसन

रित्तिँदै आइसोलेसन

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि आइसोलेसन रित्तिँदै गएका छन्। आइतबार पुष्टि भएका थप नौ जनासहित कुल संक्रमितको संख्या संख्या १४ सय ९८ पुगेको छ। १२ सय ३१ जनाले कोरोना जितेर घर फर्किसकेका छन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना इपिसेन्टर बनेको दैलेखमा मात्रै सात सय तीन जनाले कारोना जितेर घर फर्किएका हुन्।

दैलेखका जम्मा कोरोना संक्रमित सात सय ८६ जनामध्ये ६ सय ५५ जना पुरुष र ४८ जना महिला संक्रमण मुक्त भएका छन्। नयाँ कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दो छ। यहाँका विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्ति धमाधम निको हुँदै घर फर्किन थालेका छन्। अब दैलेखमा एक सय ३१ र प्रदेश भर दुई सय ६१ जनामात्रै कोरोना संक्रमित विभिन्न आइसोलेसनमा बसेका छन्। आइतबारमात्रै प्रदेश अस्पतालबाट १३, मेहलकुना अस्पताल र गुर्भाकोट आइसोलेसन सुर्खेतबाट ६, सल्यान अस्पतालबाट पाँच र कालिकोट अस्पतालबाट दुईजना गरी कुल ३० जना कोरोना संक्रमित निको भएर घर गएका हुन्। आइसोलेसनमा बसेकाहरुमा संक्रमण मुक्त हुनेको संख्या घट्दै जाँदा नयाँ थपिने क्रम पनि घटेको छ तर समुदायमा भने कोरोना परीक्षण भएको छैन। विभिन्न क्वारेन्टाइनबाट भागेर गाउँ छिरेका व्यक्तिका कारण समुदायमा कोरोना फैलिएको हुनसक्ने अनुमान गरिएको छ।

दैलेख अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा आइतबार थप नौ जना संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा आठ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण फेला परेको हो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमित मध्ये दैलेखका पाँच, सुर्खेत, सल्यान, चितवन र नवलपरासीका एक÷एक जना छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.