बाणिज्य बैंकले दियो ८० थान भिटिएम किट

बाणिज्य बैंकले दियो ८० थान भिटिएम किट

डोल्पा  : कोरोना भाइरस (कोभिड -१९) रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय बाणिज्य बैंक दुनै शाखाले भिटिएम किट सहयोग गरेको छ । सामाजिक उत्तरदायीत्वअन्तरगत राष्ट्रिय बाणिज्य बैंक दुनै डोल्पा (४५८) शाखाले ८० वटा भिटिएम कटि ठुलीभेरी नगरपालिका ३ मा हस्तान्तरण गरेको हो । 

कोरोना परीक्षणका लागि आवश्यक पर्ने ८० थान भिटिएम किट वडाअध्यक्षलाई हस्तान्तरण गरेको राष्ट्रिय बाणिज्य बैंक दुनै शाखाका प्रबन्धक चुडामणी केसीले जानकारी दिए । कोरोना भाइरस रोकथाममा सहयोग पुगोस् भन्ने उद्देश्यले बाणिज्य बैंक डोल्पा शाखाले डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं. ३ का अध्यक्ष अर्णबहादुर न्यौपानेलाई पीसीआर परीक्षणमा आवश्यक पर्ने भिटिएम किट सहयोग गरेको शाखा प्रबन्धक केसीले बताए । 

हाल डोल्पामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ भने एकजनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमित सबै पुरुष हुन्। दुईजना सदरमुकाम दुनै र एकजनालाई मुड्केचुलाको त्रिवेणी आइसोलेसनमा उपचार भ‍इरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.