कर्णाली प्रदेशका सांसदलाई कोरोना, संक्रमितको संख्या १६ सय ९० पुग्यो

कर्णाली प्रदेशका सांसदलाई कोरोना, संक्रमितको संख्या १६ सय ९० पुग्यो

सुर्खेत : कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा एक प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण पृष्टि भएको हो । 

कोरोना संक्रमण देखिएपछि ती सांसद अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।सांसदमा कोरोना संक्रमण देखिएपछि 'कन्ट्याक्ट ट्रेसिङ' को काम अघि बढाइएको छ ।

कर्णालीमा कोरोना संक्रमितको संख्या १६ सय ९० पुगेको छ । मंगलबार मात्रै थप २७ जनामा कोरोना पृष्टि भएको हो । कर्णालीमा ३४ हजार ७ सय ३४ जनाको स्वाब परीक्षण गरिएको छ । 

मंगलबार १ सय ९१ जना कोरोना जितेर डिस्चार्ज भएपछि कोरोना जित्नेको संख्या १४ सय ६२ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.