कोरोना संक्रमणमुक्त बन्यो जुम्ला

कोरोना संक्रमणमुक्त बन्यो जुम्ला

सुर्खेत : जुम्ला कोरोना भाइरस संक्रमणमुक्त जिल्ला बनेको छ ।सबै कोरोना संक्रमित निको भएपछि जिल्ला कोरोना भाइरस संक्रमण मुक्त बनेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेका अन्तिम एक संक्रमित पनि आइतबार निको भएर घर फर्किएका छन् ।

जुम्लामा ६९ जनालाई कोरोना संक्रमण भएको थियो । तर उनीहरु सबै आइसोलेसनबाटै निको भएर घर फर्किएका छन् ।सबै संक्रमित निको भएर घर फर्किएपछि जुम्लाका आइसोलेसन पनि खाली भएका छन् । 

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासले यो सफलता प्राप्त भएको हो । हालका लागि जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भए पनि कोरोनाको जोखिम कायम रहेको उनको भनाइ छ । 

प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले भने, 'जिल्लामा संक्रमितको संख्या शून्यमा झरेको छ । जिल्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छौं।'

तर समुदायमा परीक्षणको दायरा बढाउन सके संक्रमित भेटिनसक्ने उनको अनुमान छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछि प्रतिष्ठानले धेरै संख्यामा कोरोना परीक्षण गरेको छ ।

पीसीआर उपकरण स्थापना गरी सञ्चालनमा ल्याएपछि कोरोना जाँच र स्वाब संकलन कार्यलाई प्रतिष्ठानले उच्च प्राथमितामा राखेको थियो । प्रतिष्ठानले हुम्ला, मुगु, दैलेख, कालिकोटसहित आवश्यकता परेको स्थानमा काम गर्न चिकित्सक टोली परिचालन गर्दै आएको छ । संक्रमितको संख्या शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई प्रतिष्ठानले सम्मान गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले प्रतिष्ठानको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले संकटको समयमा जोखिम मोलेर काम गर्ने सबै स्वास्थकर्मीप्रति सम्मान प्रकट गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.