विषालु साग खाएका ५ जना बेहोस्

विषालु साग खाएका ५ जना बेहोस्

डोल्पा : माथिल्लो डोल्पामा विषालु साग खाँदा ५ जना बिरामी परेका छन । गुम्बाको काम गर्न माथिल्लो डोल्पा पुगेका जाजरकोटका ५ जना विषालु साग खाएर बिरामी परेका हुन ।

शे–फोक्सुण्डो गाँउपालिका–१ मा पर्ने निजाल गुम्बामा काम गरिरहेका उनीहरु जोक(जक्रो) नामको विषालु साग खाएपछि बेहोस भएको प्रमुख  जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए। 

प्रजिअ सुनारका अनुसार बेहोस हुनेमा जाजरकोट नलगाड नगरपालिका ५ वर्ष १९ का नरेन्द्र वली, वर्ष ३६ का गोपाल वली, वर्ष १८ का अजय वली, वर्ष ३३ का शिवराज वली र ३८ वर्षका टेकबहादुर वली रहेका छन । 

उनीहरु मध्य एक जना सामान्य रहेको अरु सबै दुई दिनदेखि बेहोस अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डांगीले जानकारी दिए ।  साग खाएर बेहोस भएका पाँचै जनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेपनि होस नआएपछि नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरि नेपागन्ज् लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । 

माथिल्लो डोल्पामा काम गर्न गएका पाचजना कामदार अचेत रहेको भन्ने खबर पाएपछि उपचारका लागि हेलीकप्टरमार्फत नेपालगञ्जमा ल्याएको वनमन्त्री शक्ति बस्नेतले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.