नाउर गणना गरिँदै

नाउर गणना गरिँदै

डोल्पा : डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नाउर गणना गरिने भएको छ । विश्वमै दुर्लभ हिउँ चितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउर गणना गर्न लागिएको हो । डब्लु डब्लु एफको आर्थिक तथा प्राविधिक सहयोगमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको करिब १३६६ स्क्वायर वर्ग मिटर क्षेत्रफलमा ६ वटा संरक्षण ब्लग तयार गरी नाउर गणना गर्न लागिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । 

सन २०१८ देखि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नाउरको गनणा थालिएको थियो । प्रति एक वर्ग मिटरमा चार वटाका दरले पाइने नाउर सन २०१८ मा २०७२ वटा,२०१९ मा ४१३४ वटा नाउरको गणना गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले बताए । उनका अनुसार २०१८ र १९ को तुलानामा २०२० मा के कति अन्तर ५ भनेर यकिन तथ्याङ्क तयार पार्नको लागि नाउरको गणना थालिएको दावी गरे । 

बिश्वको सबैभन्दा धेरै घनत्वमा हिउँचितुवा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पाइने दावी रहेपनि हिउँ चितुवाको आधिकारिक तथ्याङ्क भने आउन बाँकी छ । गत वर्ष दुई वटा हिउँ चितुवामा जिपीएस रेडियो कलरिङ गरेर हाल हिउँचितुवाको अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ । 

हिउँचितुवाको प्रमुख आहारा मानिने नाउर गणना गरे पश्चात हिउँचितुवाको अवस्थाबारे जानकारी लिन सजिलो हुने भएकाले पनि सन २०१८ देखि नाउरको गणना गरिरहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । 

गत वर्ष ४२ वटा ब्लगमा गणना गरिएको नाउर यसपटक ६ वटा संरक्षण ब्लग भित्रका ६८ वटा वाटरसेटमा करिब ६५ जनाले नाउरको गणना गर्ने पौडेलले बताए । निकुञ्ज,मध्यवार्ति,हिउचितुवा संरक्षण समिति र स्थानीय सरकारको सबैको सक्रियतामा नाउर गणना गरिने छ । टोलीले ल्याएको तथ्याङ्क विभागले मात्रै सार्वजानिक गर्न पाउने निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले जानकारी दिए । 

हिउँचितुवाले पछिल्लो समयमा स्थानीयका गोडा,च्याङग्रा र याक मारिदिने गरेपछि आहाराको मात्रा घट्दै गएकोले पनि घर पालुवा चौपाया मार्न थालेको हुन सक्ने अनुमान निकुञ्जको छ । गत आर्थिक वर्षमा मात्रै हिउँ चितुवाले मारेका चौपायाको निकुञ्जले १९ लाख राहात वितरण गरेको र यस आर्थिक वर्षमा ५० लाख भन्दा धेरै आउने आंकलन गरेको पौडेलको छ ।

हिउँचितुवा बढिरहेको र उसको आहारा घट्दो क्रममा भएको कारण पनि घरपालुवा चौपाया मारेको हुनसक्ने शे–फोक्सुण्डो गाँउपालिका ९ का वडा अध्यक्ष लार्काया लामाले बताए । उनले भने, 'निकुञ्जको कोर क्षेत्रमा २४ वटा गाँउ छन्, हरेक वर्ष हिउँचितुवाले चौपाया मारिदिन्छ।'

विश्वमै लोपउन्मुख हिँउचितुवा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पाइनु र यसको संरक्षणपछि निकुञ्जको मात्रै नभएर देशकै शिर उच्च रहने निकुञ्जको विश्वास छ।हिउँचितुवा र नाउर गणनाको तथ्याङ्क आएपछि निकुञ्जका पोष्ट व्यवस्थापनदेखि सुरक्षा व्यवस्थापन मिलाउन सहज हुने निकुञ्जको दाबी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.