निकुञ्ज बस्तीमा संसदीय टोली

निकुञ्ज बस्तीमा संसदीय टोली

डोल्पा : कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापतिसहितको एक टोली डोल्पा पुगेको छ । समितिका सभापति माननीय पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उप समिति शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । 

स्थलगत अध्ययन भ्रमण उपसमितिमा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति माननीय पूर्ण कुमारी सुवेदी,माननीय भवानी प्रसाद खापुङ,माननीय भुपेन्द्रबहादुर थापा र माननीय राजबहादुर क्षेत्रीको टोली निकुञ्ज क्षेत्रमा स्थलगत अध्ययन तथा स्थानीयसँग छलफलका लागि डोल्पा पुगेको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । 

टोलीले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्रका स्थानीय नागरिकसँग संरक्षण,नागरिकका गुनासाबारे जनप्रतिनिधि सहित छलफल गर्ने र अबका दिनमा कसरी निकुञ्ज क्षेत्रमा संरक्षणका साथै नागरिकलाइ सहजता हुन्छ भन्नेबारे निर्क्योल निकालिने आशा राखेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । 

निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र २४ वटा गाउँबस्तीका लागि ऐन कानुन कस्तो हुने भन्ने बारे एकिन हुनपर्छ,मध्यवर्ति क्षेत्रको हकहित अनुसार उपयोग गर्न पाउने,निकुञ्ज र स्थानीय बीच विवादरहित ऐन कानुन निर्माण हुनुपर्ने र निकुञ्जको संरक्षण पनि हुने ऐनको निर्माण हुन जरुरी रहेको बताए । 

प्राकृतिक सम्पदाको संरक्षण गर्नुका साथै निकुञ्ज क्षेत्र तथा डोल्पाका जनताको हितअनुरुप हक अधिकार शुनिश्चीतता हुने नियम कानुन निर्माण गरेर डोल्पा जिल्लामा रहेका जडिबुटिको उपभोग डोल्पाकै नागारिकले गर्न पाउने व्यवस्था गरे निकुञ्जको संरक्षण हुने र डोल्पाका नागरिकले आयस्तरमा वृद्धि हुने भएकोले समग्र डोल्पा जिल्लाका नागरिकले कुरा राख्नुपर्ने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जोड दिए । 

विगत केही वर्ष यता निकुञ्ज र स्थानीय जनताको विभिन्न विषयमा मनमुटाब र विवाद आइरहेकोले निकुञ्ज क्षेत्र,मध्यवर्ति क्षेत्र र डोल्पा जिल्लाका नागरिकको हित अनुरुप संरक्षण र विवादरहित उपभोग गर्न पाउने खालको निकुञ्जको ऐन बनाउन आग्रह गर्ने जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए । 

पछिल्लो समय ऐन कानुन र निमावलीकै कारण निकुञ्ज र नागरिकबीच विवाद आइरहेको र विकासका काम समेत रोकिएका छन । स्थलगत अध्ययन भ्रमण उपसमितिले निकुञ्ज क्षेत्रका छेप्का,रिग्मो गाउँ र दुनैमा बृहत छलफल गर्ने भएको छ । निकुञ्जका कर्मचारीसहित टोलीले निकुञ्ज क्षेत्रमा भ्रमण गर्ने निकुञ्ज कार्यालयले जनकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.