एसपी र डीएसपीको सरुवाः को कहाँ पुगे ?

एसपी र डीएसपीको सरुवाः को कहाँ पुगे ?

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। मंगलबार मुख्यालयले ३० जना एसपी र ६९ जना डीएसपीको सरुवा गरेको हो। 

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालयमा एक वर्ष अवधि पुगेकालाई इन्चार्जबाट हटाएर नयाँ अधिकृत पठाइएको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एसपी आभुषण तिम्सिनाको सरुवा भएको छ। 

सिन्धुलीकी इन्चार्ज रञ्जु सिग्देलको प्रहरी मुख्यालय अन्तर्गत मानव अधिकार उल्लंघन अनुगमन इकाईमा सरुवा भएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेको सरुवा भएको । पर्साकी ईन्चार्ज गंगा पन्तलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा ल्याइएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा काठमाडौं परिसरका एसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतलाई ल्याइएको छ। 

धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ। आकर्षक जिल्ला मानिएको जिल्ला प्रहरी कार्यालयमा एसपी भुपेन्द्र खत्रीको सरुवा भएको छ। काभ्रेका एसपी रविकुमार पौडेलको प्रहरी मुख्यालय अन्तर्गत अपराध अनुसन्धान विद्यालय महाराजगंजमा सरुवा भएको छ। 

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइराला र बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीको सरुवा अपराध महाशाखामा भएको छ। 

बारामा एसपी दिपेन्द्र शाही र झापामा सानुराम भट्राईको सरुवा भएको छ। 

अन्य एसपी उमाप्रसाद चर्तुवेदी, कृष्णहरि शर्मा पोखरेल, दीपककुमार बस्नेत, विकासराज खनाल, मनोजकुमार यादव, महेन्द्र खड्का, मुकुन्द मरासीनी, योगबहादुर पाल, रविकुमार पौडेल, रविराज खड्का, लोकेन्द्र श्रेष्ठ, शारदाप्रसाद चौधरी, श्यामकुमार महतो, सिद्धि विक्रम शाह, सुरेन्द्र मैनाली, सुशील सिंह राठौर र हिमालय श्रेष्ठकोसमेत सरुवा भएको छ। 

डीएसपीको सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय रसुवामा देवेन्द्र पाण्डेलाई पठाइएको छ। इलाका प्रहरी कार्यालय लहानमा डा. तपन कुमार दाहाल, महानगरीय प्रहरी वृत्त जनसेवामा डिलबहादुर मल्ल, इलाका प्रहरी कार्यालय दमकमा नवराज कार्की, बालाजु वृत्तमा निर्मल बुढाथोकी, इलाका प्रहरी कार्यालय बर्दीबासमा वीरेन्द्रबहादुर थापा, थानकोट वृत्तमा मोहनबहादुर खाँड, इलाका प्रहरी कार्यालय कोहलपुरमा रवीन्द्र खनाल, इलाका प्रहरी कार्यालय मिर्चैयामा राजेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय अनारमनी झापामा सन्तोष आचार्यको सरुवा भएको छ। 

त्यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुनिल दाहाल, जिल्ला प्रहरी कार्यालय मनाङमा सुवास खड्का लगायत ६९ जनाको सरुवा भएको छ। 

प्रहरी मुख्यालयले सरुवा भएका एसपी र डीएसपीमध्ये इन्चार्ज नपाएकालाई इन्चार्जमा पठाएको छ भने इन्चार्ज भएकालाई मातहतमा रहनेगरी सरुवा गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.