धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

धादिङ : पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

दुर्घटनामा परी ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङ्गको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमा मृत्यु भएको शव च्यापिएको अवस्थामा रहेको थियो।

त्यस्तै घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका थिए। उनीहरुलाई स्थानीय र प्रहरीले उद्धार गरि राती नै उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ। 

गएराती साढे ३ बजे भएको दुर्घटना भएपछि घाइते भएर च्यापिएका चालकलाई निकाल्न प्रहरीलाई २ घण्टाभन्दा बढी समय लागेको थियो। ‘ट्रक तीव्र गतिमा रहेको र चालक निदाएको कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ’, प्रहरी निरीक्षक पाण्डेले भने, ‘घाइतेहरु पनि गम्भीर रहेकाले के कारणले घटना भयो भनेर हामी अनुसन्धानमै छौँ।’

मृतक दुवैको शव पोष्टमार्टमको लागि गजुरी स्थित प्राथमिक स्वास्थ्य चौकीमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.