पोलिग्राफले खुल्छ पोल

पोलिग्राफले खुल्छ पोल

काठमाडौं : असोज ७ गते साँझ सुर्खेत भेरिगंगा नगरपालिकास्थित सुर्खेत–जाजरकोट सडकखण्डमा स्थानीयबीच कुटाकुट भयो। पसलमा खाजा खाने क्रममा विवाद हुँदा स्थानीय नरबहादुर शाहीले कृष्णबहादुर विक र कर्ण विकलाई मरणासन्न हुने गरी कुटपिट गरे।

कर्णलाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा नवलपरासीको दाउन्नेमा मृत्यु भयो। घटनास्थलमा खटिएको प्रहरीले कसले कसलाई पिटेको भनेर अनुसन्धान गरे। नरबहादुरले नै उल्टै आफूमाथि कर्ण र कृष्णले कुटपिट गरेको बयान प्रहरीलाई दिए। कर्णको मृत्यु भइसकेकाले प्रहरी अनुसन्धान अझै पेचिलो बन्यो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पोलिग्राफ परीक्षणका लागि प्रहरी मुख्यालयलाई परिपत्र ग¥यो। पोलिग्राफ परीक्षण गर्दा कर्णबहादुरले झुटो बोलेको पत्ता लाग्यो। सुरुमा कर्णबहादुरले पुरानै दाबी दोहो¥याए। पछि उनी कबुल स्विकार्न बाध्य भए। असार १४ मा सिन्धुली हरिहरपुर गाउँपालिका डोगेडाँडामा नवजात शिशु जमिनमुनि गाडेको फेला प¥यो। प्रहरी घटनास्थल पुग्दा स्थानीय लालबहादुर मोक्तानकी श्रीमती फूलमायाले अवैध गर्भ बोकेर बच्चा जन्माएर जमिनमुनि गाडेको सुराकी दिए। प्रहरीले फूलमायालाई सोधपुछ ग¥यो। तर, उनले तत्काल स्विकारिनन्। पोलिग्राम परीक्षण गरेपछि प्रहरीले फूलमायाको दाबी झुटो भएको पत्ता लगायो। 

प्रविधिको प्रयोग गरी प्रहरीले गरेका सफल अनुसन्धानका यी घटना प्रतिनिधि घटना मात्रै हुन्। पोलिग्राफ परीक्षणले प्रहरीलाई अपराध अनुसन्धानका लागि धेरै सहयोग पु¥याएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार केही गम्भीर प्रकृतिका घटनाबाहेकमा प्रहरीले पोलिग्राफ परीक्षण गर्दैन। ०७५/७६ देखि ०७६/७७ पुससम्म प्रहरीले १ हजार ७ सय ३८ जनामा पोलिग्राफ परीक्षण गरेको थियो।

जसमध्ये ९ सय ७० जनाले झुटो बोलेको परीक्षणमार्फत थाहा भयो। प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार परीक्षण गरेकामध्ये ५ सय ३७ जनाले भने झुट नबोलेको पाइएको छ। कतिपय अवस्थामा पोलिग्राफ परीक्षण गरे पनि सम्बन्धित अभियुक्त वा आरोपीले ठ्याक्कै सही वा झुटो बोल्यो भन्ने अवस्था रहँदैन। तीन वर्षमा ७६ जनामा गरिएको परीक्षणले यस्तै देखाएको मुख्यालयले जनाएको छ। कञ्चनपुर भिमदत्तकी निर्मला पन्तको हत्या, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या, पूर्वराजदूत केशवराज झाको हत्यालगायत घटनामा पनि प्रहरीले पक्राउ परेका अभियुक्तमाथि पोलिग्राफ परीक्षण गरेको थियो।

के हो पोलिग्राफ ?
पोलिग्राफ एक मेसिन हो। कुनै व्यक्तिको पोलिग्राफ टेस्ट गर्न उसको शरीरका विभिन्न अंगमा सेन्सरद्वारा यो मेसिनसँग जोडिन्छ। सेन्सर कम्प्युटरसँग कनेक्ट गरिएको हुन्छ।

व्यक्तिको रक्तचाप, मुटुको धड्कन, श्वासप्रश्वाससँगै शरीरमा हुने उतारचढावलगायत विषय रेकर्ड गरिन्छ। शरीरमा हुने गतिलाई एक ग्राफ पेपरमा रेकर्ड गरिन्छ। यो प्रक्रियालाई नै पोलिग्राफ भनिन्छ। परीक्षण गरिने मानिसको शरीरमा ६ वटा सेन्सर जोडिएको हुन्छ। नेपाल प्रहरीलाई ०७० मा अमेरिकाले पोलिग्राफ मेसिन उपलब्ध गराएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.