ट्रकसँग ठोक्किँदा बाइकसँगै जलेर बावु-छोराको मृत्यु (अपडेट)

ट्रकसँग ठोक्किँदा बाइकसँगै जलेर बावु-छोराको मृत्यु (अपडेट)

धादिङ : पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा मोटरसाइकल र ट्रक ठक्कर खाएर भएको आगलागीमा बावु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा नीलकन्ठ नगरपालिका ३ का बलराम अधिकारी र उनको छोरा डा. सुरेश अधिकारी रहेको इलाका प्रहरी कार्यालय खानिखोलाको प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन्।

थाक्रेको वडा नम्बर ८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ट्रक र मोटरसाइकल जुधेका थिए। लगत्तै आगो लाग्दा मोटरसाइकमा सवार बावु -छोराको जलेर मृत्यु भएको हो ।  गल्छिबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा एक्कासी आगो लागेको स्थानीयले बताएका छन् ।

मोटरसाइकलमा आगो लागेपछि स्थानीयले निभाउने प्रयास गरेपनि सफल नभएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.