धादिङमा  बस दुर्घटना : ८ जना घाइते, एकको अवस्था गम्भीर

धादिङमा  बस दुर्घटना : ८ जना घाइते, एकको अवस्था गम्भीर

धादिङ : धादिङवेशी सल्यानटार सडक खण्ड अन्तरगत नीलकण्ठ नगरपालिकाको वडा नं ८ पाल्पा भन्ज्याङ नजिक यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्।

ज्वालामुखी गाउँपालिकाको वडा नं ६ काउलेडाँडाबाट धादिङवेशीतर्फ आउँदै गरेको बा ४ ख ४१५२ नम्बरको बस पाल्पाभन्ज्याङ नजिक सडकमै पल्टिएको थियो।

घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ७ को हरिमाया गुरुङ, ज्वालामुखी गाउँपालिकाकै वडा नं ६ का विकास श्रेष्ठ, रिदम नगरकोटी, यम श्रेष्ठ, सिता मानन्धर, सीमा मानन्धर, लक्ष्मी गुरुङ, अनन्य लिम्वु रहेका छन्।

घाइतेमध्ये रिदम नगरकोटीको खुट्टामा गम्भीर समस्या देखिएकाले उनलाइ जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी काठमाण्डौ ट्रमा सेन्टर पठाइएको छ।

बसका चालक र बसधनी प्रहरी सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। बस सडकमै पल्टिएपछि धादिङवेशी सल्यानटार सडक अवरुद्ध भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.