सहयोग जुट्दै

सहयोग जुट्दै

ताप्लेजुङ : कोरोना संक्रमण नियन्त्रणमा राज्यका सबै संयन्त्रको ध्यान केन्द्रित छ। संघ, प्रदेश र स्थानीय सरकारले आगामी वर्षको बजेटमा पनि कोरोना नियन्त्रणलाई नै प्राथमिकतामा राखेका छन्। विभिन्न संघसस्था र व्यक्तिहरूले पनि सरकारलाई स्वास्थ्य सामग्री र स्वास्थ्य पूर्वाधारको क्षेत्रमा सहयोग गरिरहेका छन्। 

शिक्षाको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ह्युमन प्राक्टिस फाउन्डेसनले ताप्लेजुङ जिल्ला अस्पताललाई १८ लाख २० हजार ९ सय ९ रुपैयाँ प्रदान गरेको छ। आफूहरूले दाताबाट रकम संकलन गरेर सहयोग गरेको फाउन्डेसनका लेखा अधिकृत दिवस भण्डारीले बताए। अस्पतालसहित जिल्लाका सबै स्थानीय तहमा कोरोना नियन्त्रण तथा व्यवस्थापनका सामग्री खरिद गर्न सहयोग गरिएको उनको भनाइ छ। उक्त रकमले एन्टिजेन किट, सीएपीएपी मेसिन, बीआईपीएपी मेसिन, पीपीई सेट, फेस सिल्ड, मास्क, सेनिटाइजर, ग्लोब्स, अक्सिमिटर, थर्मोमिटर खरिद गर्ने अस्पतालको योजना छ। आइतबार नै गर्भवती/सुत्केरीहरूको पोषण र स्वास्थ्यमा काम गरिरहेको वान हर्ट संस्थाले १२ लाख ६३ हजार ५१ रुपैयाँबराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। अक्सिजन कन्सन्ट्रेटर, मल्टिभिटामिन ट्याब्लेटसहित १७ प्रकारका सामानहरू प्रदान गरेको वान हर्टका प्रतिनिधि भूपेन्द्र सोनीले जानकारी दिए। जिल्ला अस्पताल र सबै स्वास्थ्य चौकीहरूमा पठाइने स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ। 

यसैबीच, कोरोना महामारीको विषम परिस्थितिमा सुहाआरा–२ कार्यक्रमले पनि सहयोग गरेको छ। सुआहाराले दुई चरणमा गरेर फेस सिल्ड, मास्क र सेनिटाइजर प्रदान गरेको हो। कोरोना माहामारीको समयमा अग्र्रपंक्तिमा खटिएका कर्मचारीको सुरक्षा र नागरिकहरूको उपचारका लागि सहयोग गरिएको सुआहाराका फिल्ड संयोजक मनप्रसाद नाल्बोले बताए।

चीनको परराष्ट्र मन्त्रालयले पनि सीमावर्ती गाउँका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला र ६ नं. वडा घुन्साका लागि सामान दिएको हो। ओलाङचुङगोलाका वडासदस्य टासी वालुङका अनुसार चीनले दिएका स्वास्थ्य सामग्रीमा स्यानिटाइजर, चस्मा, पञ्जा, सर्जिकल मास्क, पीपीई सेट छन्। 

जिल्लामा हालसम्म १ हजार २ सय २७ जना कोरोना संक्रमित भएका छन्। ८ सय ११ जना निको भएका छन्। कोभिसिल्ड  र भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको संख्या क्रमशः १४ हजार ९ सय ९१ र ३ हजार ३४ तथा कोभिसिल्ड दोस्रो मात्रा लगाउने २ हजार ४१ जना छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.