ताप्लेजुङ दोभानका आगलागी पीडितलाई २१ लाख सहयोग

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई २१ लाख सहयोग

ताप्लेजुङ: ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित दोभान बजारका आगलागी पीडितलाई २१ लाख रुपैयाँ बढी सहयोग प्रदान गरिएको छ ।

काठमाडौमा संकलन भएको २१ लाख ४ हजार रुपैयाँ पूर्वमन्त्री योगेश भट्टराईले सोमवार मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चोङवाङलाई प्रदान गरे ।

ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाज र भट्टराईको पहलमा उक्त सहयोग संकलन गरिएको थियो । सहयोग संकलन गर्न योगेश भट्टराईको संयोजकत्वमा ‘दोभान बजार अग्नि पीडित राहत सहयोग समन्वय समिति, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं’गठन गरिएको थियो ।

सहयोग अभियानमा दोभान एकता समाज काठमाडौँ, ओलाङचुङ समाज कल्याण परिवार, ताप्लेजुङ गुरुङ समाज काठमाडौँ, अमर सेनेहाङ (अमेरिका), मिस मंगोल सिभिरा लामा, दावा शेर्पा र राजु साम्बा (ईजरायल) लगायतले सहयोग गरेको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए ।

ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले यसअघि पनि पीडितलाई व्यक्तिगत रुपमा ५ लाख रुपैयाँ प्रदान गरेका थिए । उक्त सहयोग रकम क्षतिको वर्गिकरणका आधारमा पीडितलाई प्रदान गरिने पालिका अध्यक्ष चोङवाङले बताए ।

दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीमा ५० घर जल्दा ४० करोड ५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.