भक्तपुरमा थप ७,७९७ जनाले लगाए कोरोना खोप

भक्तपुरमा थप ७,७९७ जनाले लगाए कोरोना खोप

भक्तपुर: भक्तपुरका थप ७ हजार ७९७ जनाले कोरोना भाइरसविरुद्धको खोप लिएका छन् । बुधबारदेखि सुरु भएको खोप कार्यक्रमअन्तर्गत भक्तपुरका ५५ देखि ५९ वर्ष  उमेर समूहका उक्त संख्याले भेरोसेल खोपको पहिलो मात्रा लिएका हुन् ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार ३ हजार ९९३ जना महिला र ३ हजार ८०४ जना पुरुष गरी ७ हजार ७९७ जनाले भेरोसेल खोपको पहिलो मात्रा लिएका छन् ।
कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका ४ नपाका ३८ वटा वडास्थित खोप केन्द्र बिहीबार पनि खोप दिइरहेको जानकारी दिए ।

बुधबार सूर्यविनायक नपाले एकहजार ५६८ जना महिला र एकहजार ५०४ जना पुरुष गरी ३ हजार ७२ जनालाई खोप दिएको छ ।भक्तपुर नपाले एकहजार ३९६ जना महिला र एकहजार ३५२ जना पुरुष गरी २ हजार ७४८ जनालाई खोप दिँदा चाँगुनारायण नपाले ८०९ जना महिला र ७५२ जना पुरुष गरी एकहजार ५६१ जनालाई पहिलो मात्राको खोप दिएको छ ।

मध्यपुर थिमि नपाले २२० महिला र १९६ पुरुष गरी ४१६ जनालाई मात्रै खोप दिएको छ । नपाले पहिलो दिन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट मात्रै खोप दिएको थियो । पहिलेजस्तो वडा वडाबाट खोप नदिएपछि स्थानीयले आक्रोश पोखेका थिए । जनप्रतिनिधिहरुले समेत पहिले जस्तै वडा वडाबाटै खोप दिन माग गर्दा पनि नगरको स्वास्थ्य शाखाले नसुनेको एक वडा अध्यक्षले गुनासो गरे ।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा खोप लगाउने सर्वसाधारणको भीड बढेपछि उल्टै कोरोना संक्रमण फैलिने सम्भावना बढेपछि बिहीबार नपाका ९ वटा वडामा समेत खोप केन्द्र तोकी खोप दिने कार्य भइरहेको नपाका प्रवक्ता वडा नं. २ का अध्यक्ष राम थापामगरले जानकारी दिए ।यससँगै अहिलेसम्म भक्तपुरका ६९ हजार ५९७ जनाले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् ।

यसअघि भक्तपुरका ६१ हजार ८०० जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लिइसकेका छन् ।स्वास्थ्य कार्यालय भक्तपुरका ६० देखि ६४ वर्ष उमेर समूहका १३ हजार ७७८ जना र १८ वर्षमाथिका ४८ हजार २२ जनाले भेरोसेल खोपको पूरा मात्रा लिइसकेका छन् ।

कार्यालयका प्रमुख मिजारले भक्तपुरबाट कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका कर्मचारी गरी ५ हजार ५७५ जनाले कोभिशिल्ड खोपको पूरा मात्रा लगाइसकेका छन् ।
तर कोभिशिल्ड खोपकै पहिलो मात्रा लिएका ७४ वर्षमाथिका ५ हजार ८२७ भक्तपुरवासीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

भक्तपुरमा हालसम्म २२ हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । जसमा २१ हजार ७८८ जना डिस्चार्ज हुँदा १९४ पुरुष र १०६ महिला गरी ३०० जना संक्रमितको मृत्यु भइसकेको छ । भक्तपुरमा अझै ५७९ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.