बाढीपीडित भन्छन्- सरकारको आश्‍‍वासन आयो, अनुदान आएन

बाढीपीडित भन्छन्-  सरकारको  आश्‍‍वासन  आयो, अनुदान आएन

बागलुङ : जिल्लाको पश्चिम ढोरपाटनमा २२ जनाको मृत्यु र १५ जना बेपत्ता हुने गरी बाढी आएको बिहीबार एक वर्ष पूरा भएको छ । गत वर्षको भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका ७, ८ र ९ को खोला किनारका घर बगरमा परिणत भएका थिए। जसबाट ९७ परिवार घरबिहीन बनेका थिए । 

बाढी पीडितको अस्थायी बसोबासका लागि स्थानीय ढोरपाटन नगरपालिकाले दुई-दुई लाख अनुदान उपलब्ध गराए पनि प्रदेश र सरकारबाट आउने भनिएको अनुदान नआउँदा घर निर्माणमा समस्या भएको स्थानीय खिमकुमारी पुन बताउँछिन् ।

‘सरकारले बाढी आए लगत्तै आएर अनेक आश्वासन दिएर गए, घर निर्माणमा गरिदिन्छौ भनेर आशा देखाए,' पुनले भनिन्, ‘एक वर्ष भइसक्यो, न त प्रदेशबाट पैसा आयो, न काठमाडौंको सरकारले पैंसा पठाइदियो ?’ 

बाढी लगत्तै नेपाल सरकारका तत्कालीन गृहमन्त्री रामबहादुर थापा तथा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतले बाढी पीडितको स्थलगत निरीक्षण गरेर पुर्ननिर्माणसहित राहतको आश्वासन दिएका थिए । 

यस अनुरुप सरकारले बाढी प्रभावित जिल्लाको सूचिमा राखे पनि कुनै काम नभएको स्थानीय अगुवा रामबहादुर घर्ती बताउँछन् । ‘नगरपालिकाबाट देश विदेशबाट जम्मा भएको रकम सहित दुई दुई लाख मात्र पीडित परिवारले पाए, त्यो बाहेक घर निर्माण गर्नका लागि गण्डकी प्रदेश सरकार र केन्द्र सरकारले दिने भनेको अनुदान अहिले सम्म आएन, पीडितहरु बाटो हेर्दै बसेका छन् ।’  

भूजीखोला आसपासमा केही वर्ष पहिलेसम्म घर खासै थिएनन् । तर, ढोरपाटन–सालझण्डी सडक विस्तारपछि व्यापारका लागि खोला किनारमा घर बनाउने र वस्ती विकास हुने क्रम तीव्र बनेको थियो । 

बाढीले नामनिशान नरहने गरी खोला किनारका सबै घर बगाएपछि सुरक्षित आवासका लागि एकीकृत बस्तीको पहल समेत गरिएको थियो । तर, भूगोलका हिसाबले सम्भव नभएपछि अहिले पीडितहरुले आ-आफ्नै किसिमले अस्थायी आवास निर्माण गरेका छन् । 

कतिपय ढोरपाटन पनि आवास भएकाले माथि नै पुगेका छन् । अधिकांशले बाढी गएको स्थानमै घर बनाउने, मर्मत गर्ने जस्ता कार्य गरेकाले भविष्यमा समेत खतरा कायमै रहेको घर्तीको भनाइ छ । 

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले ९७ परिवारलाई घर बनाउन दुई लाखका दरले नगद र जस्तापाता प्रदान गरिएको बताए । यसका साथै परिवारका सदस्य मात्रै गुमाएका चार परिवारलाई ५० हजारका दरले राहत रकम समेत पालिकाले हस्तान्तरण गरेको थियो ।

पीडितका नाममा देश विदेशबाट आएको राहत रकम र ढोरपाटन नगरपालिकाको ४५ लाख गरी २ करोड ४६ लाख रकम हस्तान्तरण गरिसकेका छौं, 'नगर प्रमुख नेपालीले भने, 'अहिले अस्थायी व्यवस्थापन भइसकेको छ, कतिपयले आफै रकम थपेर पक्की घर पनि बनाउनुभएको छ, कसैले पैसा बचाएर छाप्रो बनाउनुभएको छ, प्रदेश र संघीय सरकारले दिने भनेको रकम आउँदा उनीहरुले राम्रो घर बनाउन सक्थे, एकै पटक उक्त रकम दिदाँ राम्रो घर बन्थ्यो, माथिबाट उक्त अनुदान आउन ढिला गरे पछि हामीले दियौं, अहिले तत्कालको समस्या टरेको छ ।' 

ढोरपाटनको बाढी पीडितको घर बनाउनका लागि संघ प्रदेशमार्फत पहिलो चरणमा घर बनाउन जिल्ला प्रशासन कार्यालयमा तीन करोड २० लाख रकम प्राप्त भइसकेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए ।

'गृहमन्त्रालयले विपद्ग्रस्त जिल्लामा सूचिकृत गरे पछि घरहरु पुर्ननिर्माण गर्न बजेट समेत पठाइसकेको छ, स्थानीय पालिकाले लाभग्राहीसँग सम्झौता गरी प्रत्यक घरको छुट्टाछुट्टै फाइल जिल्ला प्रशासनमा नआएकाले ढिला भएको हो, पालिकाले पठाउँदा साथ हामीले घर बनाउन पहिलो किस्ता निकासा गर्नेछौं, त्यो सँगै प्राविधिकहरु समेत गृहमन्त्रालयको समन्वयमा पठाइनेछ, 'कार्कीले भने, 'हामी अब तयारी अवस्थामै छौं, ढोरपाटनमा बढी घर क्षति भए पनि सोही वर्ष निसीखोला, तमानखोला लगायतका पालिकामा समेत घर भत्किएका कारण उनीहरुको घर समेत पुर्ननिर्माण गरिनेछ, हामीले जिल्लाका ५ सय ९० घर पुनःनिर्माण गर्न गृह मन्त्रालयमा सिफारिस गरेका छौं।'

प्रजिअ कार्कीका अनुसार संघीय सरकारबाट दुई करोड ८६ लाख र गण्डकी प्रदेश सरकारबाट एक करोड ६० लाख रकम जिल्ला प्रशासन कार्यालयमा आएको छ । लाभग्राहीले चार लाख पाउन मापदण्ड अनुसारको सुरक्षित घर निर्माण गर्नुपर्ने छ भने गण्डकी प्रदेशले ३० प्रतिशत र स्थानीय पालिकाले १५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.