बागलुङमा नेकपा (एस)मा लागेका १० नेतालाई एमालेले गर्‍यो कारवाही

बागलुङमा नेकपा (एस)मा लागेका १० नेतालाई एमालेले गर्‍यो कारवाही

बागलुङ: बागलुङमा नेकपा एकीकृत समाजवादीमा सामेल भएका १० नेता तथा कार्यकर्तालाई नेकपा एमालेले कारवाही गरेको छ ।

पार्टी विभाजनमा लागेको भन्दै एमाले बागलुङले जनप्रतिनिधिसहित ११ नेतालाई कारवाही गरेको हो। जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता, केन्द्रीय सचिव तथा निवर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटीको बैठकले पार्टी सचिव जिल्ला सदस्य र जनप्रतिनिधि सहित ११ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

विभाजनकारी गतिविधिमा संलग्न भएका जिल्ला कमिटीका सचिव लालबहादुर थापा, सदस्यहरु गोविन्द गौतम, भुपाल चालिसे, शान्ति अधिकारी, भरत पुरी, इन्द्र थापा, इन्द्र थापा, श्याम थापा, हरि घर्ती, चक्र थापा तथा जनप्रतिनिधि जीवन आचार्य र सीता छन्त्याललाई निष्कासन गर्दै पार्टीको अभिलेखबाट नाम हटाउने निर्णय गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए ।

‘पार्टी अन्तरसंघर्षमा विवाद र बहस भएको सबैलाई विदितै छ, तर यो बहस पार्टी विभाजन गर्ने अभिप्रायमा पुग्ने गरी भएको थिएन,’ अध्यक्ष सापकोटाले भने, ‘दुर्भाग्य व्यक्तिगत आंकाक्षा, पूर्वाग्रह राखेर केही नेताहरु विभाजनकै पक्षमा उभिनु भो, यसले एमाले र समग्र कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुग्नेवाला छ, हामी एमालेलाई नै थप सबल र सशक्त बनाएर अरु कम्युनिष्ट पार्टीलाई पनि एक बनाउने अभियानमा लाग्छौँ ।’

बैठकले एकीकरण प्रक्रियाबाट समाहित हुने मध्येबाट मनोनित गर्नुपर्नेका नाम सिफारिस गर्न तुलसी अर्याल, कृष्णबहादुर केसी, बाबुलाल शाक्य, प्रदिप थापा, वसन्त थापालाई जिम्मेवारी दिर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए ।

बैठकले आगामी असोज ५ गतेदेखि १२ गते सम्म गाउँ गाउँमा वडा कमिटी बैठक, भेला तथा अभिमुखिकरण गरिने एमाले जिल्ला सचिव विष्णु भुसालले जानकारी दिए । उनका अनुसार निसीखोलामा असोज ९ गते, ढोरपाटनमा ८ गते, तमानखोला ८ गते, बडिगाडमा असोज ९ गते, गलकोटमा असोज १२ गते, ताराखोला ९ गते, काठेखोलामा ५ गते, बागलुङ नगरपालिकामा असोज ९ गते, जैमिनीमा असोज ८ गते र बरेङ गाउँपालिकामा असोज ९ गते बैठक र कार्यक्रम हुनेछ । यस अभियानका लागि जिम्मेवारी समेत बाँडफाड गरिएको छ ।

बैठकले १० बुँदे प्रस्तावको रचनात्मक र सिर्जनात्मक कार्यान्वयन गर्न पालिका स्तरमा संयोजक, सहसंयोजक र सचिव तोकेको छ । बैठकले प्रदेश कमिटीको परिपत्र अनुसार जिल्ला कमिटीको अधिकतम संख्या १९०–नेकपा कालको संख्या १४५, एकता एकीकरण प्रक्रियाबाट समाहित २० प्रतिशत मनोनित र अन्य १० प्रतिशत मनोनित गर्दा हुने र हाललाई मौजुदा जिल्ला कमिटीमा ८३ जना मनोनित गरिएको छ । बैठकले ४७ जनालाई जिल्ला कमिटी सचिवालयमा मनोनित गरेको छ ।

आगामी कात्तिक ६ गते जिल्लाका वडाहरुमा र ९ गते सबै पालिकाको अधिवेशन आयोजना गर्ने गरी आवश्यक तयारी गर्न पनि मातहतका कमिटीलाई निर्देशन गरिएको छ । बैठकले जिल्ला कमिटीको रिक्त सचिव पदमा विष्णु भुसाललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.