शरद् ऋतुमा १७ वर्षपछि कञ्चनजंघा आरोहण

शरद् ऋतुमा १७ वर्षपछि कञ्चनजंघा आरोहण

काठमाडौं : विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८५८६) हिमाल १७ वर्षपछि शरद् ऋतुमा आरोहण भएको छ। एक ताइवानी र चार नेपाली आरोहीको टोली असोज ३० गते दिउँसो १ बजे शिखरमा पुगेको हो। 

ताइवानका सेङ को अथ, दोलखाका निमा ग्याल्जेन शेर्पा र पाशाङरिन्जे शेर्पा तथा सोलुखुम्बुका ग्याल्जे शेर्पा र दाकीपा शेर्पाले आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले बताए। 

ताप्लेजुस्थित कञ्चनजंघा हिमालको चुचुरोमा सन् २००४ पछि शरद् ऋतुमा कोही पनि आरोही पुग्न सकेका थिएनन्। मौसमले साथ दिएका कारण आरोहण सफल भएको एक आरोही पाशाङरिन्जे शेर्पाले सुनाए। ‘अगाडि गएको टोली खराब मौसमका कारण नसकेर फर्कियो। हामीले क्याम्प ४ सम्म उहाँहरूले नै बनाएको बाटो र डोरी प्रयोग गर्‍यौं,’ उनले अन्नपूर्णसँग भने, ‘त्यसभन्दा माथि मौसमले साथ दियो।’

दाकीपा शरद् ऋतुमा कञ्चनजंघा आरोहण गर्ने पहिलो महिला बनेकी छन्। यो हिमाल आरोहणको ६६ वर्षे इतिहाँसमा शरद्मा यसअघि कोहि पनि महिलाले आरोहण गरेको रेकर्ड नभएको सेभेन समिटले जनाएको छ। 

सामान्यतया दुई सिजनमा हिमाल आरोहण हुन्छन्। बैसाख–जेठ (गर्मी) र असोज–कार्तिक (शरद्)। धेरै आरोहण बैसाख–जेठमा हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.