बाटो खनिरहेको स्काभेटर पहिरोमा पुरिदा ३ बेपत्ता

बाटो खनिरहेको स्काभेटर पहिरोमा पुरिदा ३ बेपत्ता

धादिङ : उत्तरी धादिङको रुवीभ्याली गाउँपालिक-१ पुरुमा बाटो खनिरहेको स्काभेटर माथि पहिरो खस्दा पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन्। रुवीभ्याली गाउँपालिका-१ पूरुबाट लिङ्जो गाउँ जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा उक्त पहिरो खसेको स्थानीयले जानकारी दिएका छन्।

पहिरोमापरी सिन्धुपाल्चोक घर भएका स्काभेटर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीयवासी धन तामाङ पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। 

घटनाको खबर पाउने बित्तिकै उद्धारको लागि हेलिकप्टरबाट नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीहरुको संयुक्त टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेपनि एकदमै साँघुरो ठाउँमा दुर्घटना भएको र सुख्खा पहिरो झर्ने क्रम जारी रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको स्थानीय शिक्षक टेक बहादुर घलेले जानकारी दिए। 

घटनास्थलमा रहेका प्रहरी निरीक्षक रमेश थापालाइ उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी जागेश्वर भण्डारीले भने, ‘पहिरोमा पुरिएको स्काभेटरको केही भाग देखिएको छ। बेपत्ता भएकाहरुको अवस्था भने पूरै अज्ञात रहेको छ। सुरक्षाकर्मीहरुको टोलीले जोखिम हेरेर ढुङगा पल्टाउने, सम्भावित ठाउँमा खोज्ने काम गरिरहेको छ।’

पहिरो पन्छाउने त्यस्तो कुनै यान्त्रिक उपकरण पनि नभएको र तत्काल लैजान पनि सम्भव नभएकाले प्रहरी र स्थानीयहरुको हातहातैको सहयोगमा खोजी कार्य जारी रहेको भण्डारीले जानकारी दिए। घटनास्थल रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङ अवइबाट ५ घण्टाको पैदल दूरीमा पर्छ। उक्त स्थानमा पहिले घोडेटो बाटो मात्रै रहेको र अहिले गाउँपालिकाको सहयोगमा सडकको ट्रयाक खोल्ने काम भइरहेको वडा अध्यक्ष मेन घलले जानकारी दिए।

गएको असारमा पनि रुवीभ्यालीकै सेर्तुङको आदा खोलामा पहिरोले स्काभेटर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका-५ का जोजो तामाङको मृत्यु भएको थियो। उक्त समयमा पनि ३ दिनपछि पहिराले पुरिएको अवस्थामा मृतकहरुको शव प्रहरीले फेला पारेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.